ताजा अपडेटः

जनता सम्झाैता सहकारीकाे आर्थिक बर्ष २०८०/ ०८१ मा  ४७ लाख भन्दाबढि शुद्व नाफा

कल्पना खरेल
जनता सम्झाैता सहकारीकाे आर्थिक बर्ष २०८०/ ०८१ मा  ४७ लाख भन्दाबढि शुद्व नाफा प्रकाशित मिति: १५ भाद्र २०८१, शनिबार २२:३९

कल्पना खरेल

भदाै-१५, नवलपरासी । जनता सम्झाैता बचत तथा ऋण सहकारी संस्था लि. सुनवल १२, भुमहि  नवलपरासीले आर्थिक बर्ष  २०८० / ०८१ मा ४७ लाख ७ हजार ७ सय ८ शुद्व नाफा गरेकाे छ ।
आज सनिवार भएकाे संस्थाकाे  चाैथाे वार्षिक साधारणसभामा  संस्थाका अध्यक्ष डाेलराज भण्डारीद्वारा प्रस्तुत प्रतिबेदनमा उक्त कुरा उल्लेख गरिएकाे थियाे ।
” फजुल खर्च नगराै, बचत गर्ने बानी बसालाै ” भन्ने नारा सहित स्थापना भएकाे यस सहकारी संस्था लि.काे साधारणसभामा लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा सहकारी मन्त्रालयका निर्वतमान मन्त्री एवम प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यता रहेकाे थियाे ।
गत बर्ष संस्थाकाे १ कराेड ३१ लाख ६८ हजार ८ सय शेयर पुजीँ रहेकाेमा यस बर्ष १ कराेड ५२ लाख ९ हजार ४ सय रहेकाे छ । त्यस्तै गत बर्ष कुल पुजीँ रू.११ कराेड ४ लाख ३५ हजार ८३ रहेकाेमा यस बर्ष रू. १२ कराेड ९७ लाख ७१ हजार ७ सय ३ रहेकाे छ ।
संस्थाकाे यस बर्ष रू. ९ कराेड ७१ लाख ९२ हजार २ सय १० कुल बचत निक्षेप रहेकाे छ  भने  रू. ११ कराेड ९ लाख ३ हजार ६ सय ८८ कूल ऋण लगानी गरेकाे छ ।
हालसम्म जम्मा सेयर सदस्य संख्या १ हजार ८ सय ३० रहेकाेमा महिला संख्या १ हजार २ सय ६०  र ५ सय ७० पुरूष रहेका छन् ।
संस्थाकाे सचिव देवकला खनालकाे संचालन र उपाध्यक्ष भाेला पराजुलीको स्वागत रहेकाे कार्यक्रममा सुनवल नगरपालिका सहकारी विभाग प्रमुख राजु ढकाल, कार्यपालिका सदस्य भगवती बस्याल,जिल्ला बचत संघ नवलपरासीको सचिव रमेश कर्माचार्य ,लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लेखनाथ खरेल,लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।




Ads