ताजा अपडेटः

सुनवलका केशव र प्रसान्त प्रतिवन्धित लागुऔषध सहित पक्राउ

कल्पना खरेल
सुनवलका केशव र प्रसान्त प्रतिवन्धित लागुऔषध सहित पक्राउ प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलवार १५:५८

कल्पना खरेल, नवलपरासी । पश्चिम नवलपरासीकाे रामग्राम ४ यातायात व्यवस्था कार्यलय नजिकबाट प्रहरीले प्रतिवन्धित लागु ओैषध सहित मानिस नियन्त्रणमा लिएकाे छ।
दक्षिणबाट उत्तर तर्फ आउदै गरेको लु ४५ प ९०९८ नम्बरको मोटरसाइकल जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा मो.सा.को सिट मुनि कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागू ओैषध फेला परेकाे हाे ।
फेला परेकाे लागूऔषधमा नाईट्रोभेट ३० ट्याब्लेट, स्पास्मो  १८० क्याप्सुल , ओनोरेक्स – १०० एम.एल को २ बोटल रहेकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बोहराले जानकारी दिनुभएकाे छ।
लागूऔषध ओेसारपसारमा संलग्न सुनवल नगरपालिका ३ देबकोटा टोल बस्ने बर्ष ३८ वर्षिय  केशब श्रेष्ठ र साेहि ठाउँका ३८ वर्षिय प्रशान्त गुरुङ रहेका छन् ।
नियन्त्रणमा लिइएको श्रेष्ठ र गुरूङ सहित मोटरसाईकललाई आज जिल्ला अदालत परासिबाट ७ दिनकाे म्याद थप गरि अनुसन्धान भईरहेको डिएसपी बाेहराकाे भनाइ छ ।




Ads