ताजा अपडेटः

कृष्णधाममा  आज  मध्यरातमा कृष्ण जन्म लिला देखाइने

कृष्णधाममा  आज  मध्यरातमा कृष्ण जन्म लिला देखाइने प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार २०:२४

कल्पना खरेल, नवलपरासी । श्रीकृष्ण जन्माष्टमी पुजा तथा विविध सांस्कृतिक कार्यक्रमकाे आज अन्तिम दिन मध्येरातमा कृष्णजन्म लिला देखाइने आयाेजक समितिले जनाएकाे छ।
बेलुका कृष्ण जन्मकाे झाकी सहित विभिन्न कार्यक्रम गरि रातीको २ बजे कार्यक्रम समापन गरिनेछ  । त्यस्तै भोलि बिहान सुनवल नगर क्षेत्र भित्रका बासीन्दाका फूल पत्रहरु संकलन गरी त्रिवेणीधाममा विर्सजन गरिने  छ।
बिर्सजन यात्रा बिहान कृष्णधाम मन्दिर देखि सोमनाथ सम्म जाने  श्रीकृष्ण जन्माष्ठमी पुजा ब्यवस्थापनका मुल संयोजक मोहन कार्कीले बताउनुभयो।
सत्मार्ग बहुआयामिक समाज र श्रीकृष्णधाम बिकास समितिको संयुक्त आयोजनामा संचालित कार्यक्रमकाे आज अन्तिम दिन चुट्का, कृष्ण चरित्र नाटक र भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइएको थियाे ।
सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख अतिथ्यता रहेकाे कार्यक्रममा लुम्बिनी प्रदेश सांसद  खडक बस्नेत , पुर्ब गृहराज्य मन्त्री एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय  सदस्य देबेन्द्रराज कंडेल , सुनवल ३ वडा अध्यक्ष पविन गुरुङ लगाएतकाे विशेष उपस्थिति रहेकाे थियाे ।
भदाै ८ गते शुरू भएकाे ३ दिने श्रीकृष्ण जन्माष्टमी पुजा तथा विविध सांस्कृतिक कार्यक्रमकाे साङ्गितिक प्रवचन अन्तर्राष्ट्रिय ख्याति प्राप्त बाचिका सुरक्षा आचार्यकाे  रहेकाे थियाे ।



Ads