ताजा अपडेटः

जिसन नवलपरासीद्वारा विभिन्न पाचँ विद्यामा प्रतिस्पर्धात्मक प्रतितियाेगिता

जिसन नवलपरासीद्वारा विभिन्न पाचँ विद्यामा प्रतिस्पर्धात्मक प्रतितियाेगिता प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार २१:०६

कल्पना खरेल ।

भदाै ७, नवलपरासी । ऐक्यबद्धताकाे समूह जिसन नवलपरासीले आज सनिवार द पाएनिएर सेकेन्डरी इङ्लिस बाेर्डिङ स्कुलकाे प्राङ्गणमा विभिन्न  विद्यामा प्रतियोगिता सम्पन्न गरेकाे छ ।
जिसनमा आवद्व ४० विद्यालय मध्ये ३३ विद्यालयकाे विद्यार्थीहरू विच चित्रकला, पेन्टिङ , चेस, कथा बाचन र स्क्रेबल गरी पाचँ विद्यामा प्रतिस्पर्धात्मक प्रतियोगिता गराइएकाे हाे ।
लाखे नाचकाे फरक प्रस्तुति सगैँ सभ्य र भब्य कार्यक्रमलाई स्वागत गरेकाे प्रतियोगिता कार्यक्रमले  कक्षा १ देखि कक्षा १० सम्मका विभिन्न तहका विद्यार्थीकाे क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको जिसन नवलपरासीका अध्यक्ष  डम्मर बहादुर गुरूङले बताउनु भएकाे छ ।
जसमा चित्रकला प्रतियोगितातर्फ श्री अन्नपूर्ण ईङ्लिस सेकेन्डरी स्कुल सुनवल -७ का इसान शर्मा प्रथम, द पाइनिएर सेकेन्डरी बाेर्डिङ स्कुल सुनवल – १ का कृष्ण गुप्ता द्वितीय , द प्याराडाइस सेस्नल ई.बाे. स्कुल रामग्राम १६ का अस्लाम देवान तृतीय र वसन्तपुर जेनिस ई.स्कुल सरावल १ , बासाका सुभम भण्डारी सान्त्वना भएका छन् ।
पेन्टिङतर्फ सिस्किन ई. बाेडिङ स्कुल, सुनवल १३ वडेराका अनुष्का चाैधरी प्रथम, आदर्श ई.बाेडिङ स्कुल प्रतापपुर २, सेमरीका नमन चाैधरी द्वितीय , ज्ञानकुन्ज शिक्षा सदन बर्दघाट १३ का कृपना घिमिरे तृतीय र श्री अन्नपूर्ण ई.सेकेन्डरी बाे. स्कुल सुनवल ७ का स्वस्तिका शर्मा सान्त्वना भएकी छन् ।
चेसतर्फ सुनवल यूनाइटेड ई.सेकेन्डरी बाेडिङ स्कुल सुनवल-४ का सुविन थापा प्रथम, लुम्बिनी सामुदायिक ई.स्कुल बर्दघाट १४ का आर्यन थापा द्वितीय , आदर्श ई.बाेडिङ स्कुल प्रतापपुर २ सेमरीका प्रसान्त चापागाईं तृतीय र ज्ञानकुन्ज शिक्षा सदन बर्दघाट १३ का प्रभात थारू सान्त्वना भएका छन् ।
कथा बाचनतर्फ हाेरिकेयर सेकेन्डरी ई.बाेडिङ स्कुल बर्दघाट,पालडाडाँका विमल कण्डेल प्रथम, श्री अन्नपूर्ण ई.बाेडिङ सेकेन्डरी स्कुल सुनवल ७ का जिविका पाण्डे द्वितीय , ज्ञानकुन्ज शिक्षा सदन बर्दघाट १३ का सुनिता नेपाली तृतीय र सुनवल लाेट्स ई. सेकेन्डरी स्कुल सुनवल ४ का इशिका शर्मा सान्त्वना भएकी छन् ।
त्यसैगरी स्क्रेबल तर्फ सुनवल यूनाइटेड ई. सेकेन्डरी बाे.स्कुल का विनिता वर्मा प्रथम, सुनवल लाेटर्स ई.बाे.स्कुलका विराज राेक्का द्वितीय , लिटिल स्ट्रेप ई.बाे.स्कुल अरूङखाेलाका यूनिता साेती तृतीय र माउन्ट एभरेस्ट ई.बाे. स्कुल चिसापानीका मन्दिप भण्डारी सान्त्वना भएका छन् ।
जिसन नवलपरासीकाे सचिव यज्ञप्रसाद न्याैपानेकाे संचालन र जिसन नवलपरासीका वरिष्ठ उपाध्यक्ष थमर सेरचनकाे स्वागत रहेकाे कार्यक्रममा जिसन नवलपरासीका प्रमुख सल्लाहकार सन्तोष राैनियार, सल्लाहकार इन्द्र बहादुर गुरूङ , धनराज चापागाईं,उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य  लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रम जिसन नवलपरासीका जिल्ला अध्यक्ष डम्मर बहादुर गुरूङकाे अध्यक्षता तथा सल्लाहकार कृष्णप्रसाद आचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
शिक्षा क्षेत्रमा  र सामाजिक क्षेत्रमा पहुच पुर्याउने लक्ष्य सहित स्थापना भएकाे संस्थागत विद्यालयकाे संगठन जिसन नवलपरासीले  विद्यार्थीकाे चाैतर्फि बिकास , शिक्षककाे क्षमता अभिवृद्धि र अभिभावकलाई सन्तुष्टिलाई मध्येनजर गर्दै विभिन्न कार्यक्रमहरू गर्दै आइरहेकाे छ ।



Ads