ताजा अपडेटः

श्रीकृष्ण जन्माष्टमी पुजा तथा विविध सास्कृतिक कार्यक्रमको बृहत छलफल  कार्यक्रम

श्रीकृष्ण जन्माष्टमी पुजा तथा विविध सास्कृतिक कार्यक्रमको बृहत छलफल  कार्यक्रम प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार २३:२२

भदौ ५, नवलपरासी ।  श्रीकृष्ण धाममा यहीँ भदाै ८,९ र १० गते हुने श्रीकृष्ण जन्माष्टमी पुजा तथा विविध सास्कृतिक कार्यक्रमको विषयमा  आज बुधबार बृहत छलफल भएको छ ।
सुनवल सत्मार्ग बहुआयामिक समाज र श्रीकृष्णधाम बिकास समितिको संयुक्त आयोजना हुने कार्यक्रममा राष्ट्रीय तथा अन्तरास्ट्रिय कथा वाचिका सुरक्षा आचार्यले कथा बाचन गर्ने श्री कृष्ण जन्माष्टमी पुजा व्यावस्थापन मुल समिती संयोजक मोहन कार्कीले बताउनुभयाे  ।
कार्यक्रममा बोल्दै सुनवल सत्मार्ग बहुआयामिक समाजका अध्यक्ष तथा प्रमुख अतिथि भिम बहादुर थापाले धार्मिक महत्व र पर्यटन महत्वलाई जाेडेर सगै लान सकियाे भने  सुनवलकाे विकाश संभव भएकाे बताउनुभयाे ।
उहाँले  ऐतिहासिक महत्त्व बाेकेकाे कृष्णकाे महिमा र इतिहासकाे बारेमा प्रचार प्रसार गर्नसकेउ भने यस क्षेत्र भएर हिड्ने देशमा मात्र हाेइन अन्तरास्ट्रिय पर्यटक समेत एक पटक राेकेर छिर्ने पवित्र भूमि बन्नेमा दुइमत नभएकाे धारणा राख्नुभयाे ।
त्यसका लागि पुजा सफल बनाउन सिंगाे सुनवल एकजुट भएर लाग्न  सबैलाई आव्हान गर्नुभयाे ।
छलफलमा बोल्दै श्रीकृष्णधाम बिकास समितिका सल्लाहकार विष्णुप्रसाद पाैडेल, कृष्णप्रसाद लामिछाने,उमानाथ पोखरेल र रमेश कर्माचार्यले  सुनवललाई  पर्यटन प्रवर्द्धनको लागि श्रीकृष्ण जन्माष्टमी पुजा तथा विविध सास्कृतिक कार्यक्रम एक काेशेढुंगा सावित हुने  बताउनुभयो ।
इतिहासकाे सुरूवातखजहिलेपनि सामान्यबाट हुने भन्दै यस क्षेत्र  आगामी दिनमा बर्सेनि मेला महाेत्सव लाग्ने पर्वकाे रूपमा स्थापिन हुन सक्ने समेत उहाँहरूकाे भनाइ थियाे।
उक्त कार्यक्रमलाई समापन गर्दै  पुजा ब्यवस्थापन समितीका सल्लाहकार तथा सुनवल नगरपालिका वडा नम्बर १२ का निवर्तमान अध्यक्ष यामलाल पाण्डेले सुनवलबासीले धर्म,संस्कृति, संस्कार, सभ्यतालाई अपनत्व गर्न सके मात्र परिवर्तन संभव रहेकाे बताउनुभयाे ।
उहाँले कुनै पनि काम स्थानीय सरकार विना अधुराे र अपुराे हुने हुदा वडा र नगरपालिका सगँ आधिकारिक रूपमा सहकार्य गरि अगाडि बढ्न सुझाव समेत दिनुभयाे ।

८ गते शुभारम्भ हुने कार्यक्रमको प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य धुर्व बहादुर प्रधान र बिशिस्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेत रहने पुजा व्यवस्थापन समितीले जनाएको छ ।
८ गते बिहान ११ बजे कलश यात्रा बाट सुरु हुने पुजा समारोहमा साङ्गितिक प्रवचन सहित महाआरती, भजन कृतन, कृष्णलिला र तिज गित प्रतियोगिता हुने कार्यक्रम संचालक तथा पुजा ब्यवस्थापन समितिका महासचिव मुरली गौतमले बताउनुभयो ।



Ads