ताजा अपडेटः

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु प्रकाशित मिति: ३२ श्रावण २०८१, शुक्रबार २२:१२

कल्पना खरेल, नवलपरासी ।  पश्चिम नवलपरासीकाे बर्दघाट न.पा.१६  रसायली चोक स्थित बर्दघाट-त्रिवेणी भित्री सडक खण्डमा आज शुक्रबार भएकाे मोटरसाइकल  दुर्घटनामा चालकको मृत्यु भएकाे छ ।
बर्दघाटबाट बरुवा तर्फ जादै गरेको लु २८ प ५४२० नं. को मोटरसाइकलले सोहि दिशाबाट जादै गरेको अर्को मोटरसाईकललाई ओभरट्याक गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना हुदा  बर्दघाट १६, कालुचाेक बस्ने ३० बर्षिय रमेश गुरूङ गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते गुरूङकाे चिसापानी सामुदायिक अस्पतालले सामान्य उपचार पश्चात थप उपचारका लागि भैरहवा मेडिकल कलेज रुपन्देही पढाएकाेमा  दिउँसो साढे  बजे डाक्टरले मृत घोषणा गरेको थियाे ।
गुरूङले मापसे नगरेकाे र लाइसेन्स भएकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ।



Ads