ताजा अपडेटः

सुचनाकाे हकसम्बन्धि प्रशिक्षण शिविर परासीमा

सुचनाकाे हकसम्बन्धि प्रशिक्षण शिविर परासीमा प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहीबार २२:५०

मिना के.सी

साउन ३१ , नवलपरासी । “सुचना हाम्रो अधिकार,सुशासन र विकासको आधार ” भन्ने नारा सहित २ दिने सूचनाको हक सम्बन्धी प्रशिक्षण शिविर आज बिहीबार सम्पन्न भएकाे छ ।                     जिल्ला भित्रको सातै पालिकामा आबद्ध संचारकर्मीहरूकाे सहभागीता रहेकाे तालिममा संचारकर्मीहरूलाई सूचना सम्बन्धि विस्तृत जानकारी दिइएको थियाे ।
सुचनाको परिचय, सूचनाको हक , सूचनाको हकको सिद्धान्तहरु , सार्वजनिक निकाय , सूचनाको वर्गीकरण , सूचना सम्बन्धि ऎन कानुन , सूचना अधिकारको व्यवस्था ,सूचनाको कार्य , सुचना अधिकारीको जिम्मेवारी , सूचनाको हकको दुरुपयोग गरेमा हुने जरिवाना लगाएतका विषयमा शिविर  केन्द्रित रहेकाे थियाे ।
जसकाे मुख्य उदेश्य भनेकाे समाजमा सहि सुचना सम्प्रेषण गरी नागरिककाे सत्य र तथ्य परक सुचना पाउने अधिकारकाे सुनिश्चित गर्नु हाे  ।
२५ जना प्रशिक्षार्थीकाे सहभागीता रहेकाे शिविरमा तारा बहादुर भण्डारी , लुनिभा तुलाधर, कर्णबहादुर नेपाली ,अनिता गुरुङ र वृजराज कुशवहा गरी पाचँ जना प्रशिक्षकद्वारा प्रशिक्षण दिइएकाे थियाे ।



Ads