ताजा अपडेटः

सुनवल नगरपालिकाकाे अवैध नदिजन्य पदार्थ जफत प्रकृया जारी / संलग्न कसैलाई पनि नछाेडिने :- नगरप्रमुख अर्याल

सुनवल नगरपालिकाकाे अवैध नदिजन्य पदार्थ जफत प्रकृया जारी / संलग्न कसैलाई पनि नछाेडिने :- नगरप्रमुख अर्याल प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहीबार १९:१८

कल्पना खरेल ।

साउन – ३१, नवलपरासी । सुनवल नगरपालिकाले  आज बिहीबार सुनवल वडा नं ४ तुरिया खोला किनार  स्थित चारघरे, सोमईटोला लगाएका क्षेत्रमा चोरी निकासी गरी राखिएको अवैध नदिजन्य पदार्थ (ढुङगा) जफत गरेकाे छ ।
नगरप्रमुख विमला अर्यालकाे सक्रियतामा जिल्ला समन्वय प्रमुख भगउती यादव ( रूदल ),  प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ , जिल्ला प्रहरी प्रमुख , ईलाका प्रहरी प्रमुख , शसस्त्र प्रहरी, नगर प्रहरी , सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीहरुको संयुक्त टोलिले स्थलगत निरीक्षण गरी अवैध सामग्री जफत गरेकाे हाे ।
सुनवल नगरपालिकाकाे खोलाहरुबाट दैनिक रुपमा नदिजन्य पदार्थ चोरी निकासी भइरहेकाे व्यापक जनगुनासाे आएपछि साे चाेरी निकासी राेक्न नगरप्रमुख अर्याल हिजाेबाट फिल्डमा खटिनुभएकाे छ ।
साेहि क्रममा बाेल्दै नगरप्रमुख अर्यालले हालसम्म ३० ट्रिप्पर ढुंगार  १ हाईवा र २ ट्रिप्परलाई समेतलाई नगरपालिका कार्यालयमा राखिएको र १ महिनापछि थप कारवाहिमा लगिने जानकारी दिनुभयाे ।
उहाँले चाेरी निकासीमा संलग्न भएकाे पाए कसैलाई पनि नछाेड्ने बताउनुभएकाे छ । असार,साउन र भदौ गरि तिन महिना नेपालका कुनैपनि नदि खोलाहरुबाट नदिजन्य पदार्थ उत्खनन् गर्न नमिल्ने कानुनी व्यवस्था रहेकाे छ।



Ads