ताजा अपडेटः

राष्ट्रिय प्रजातन्त्र पार्टी वडा २ को घर दैलो कार्यक्रम तिब्र

कल्पना खरेल
राष्ट्रिय प्रजातन्त्र पार्टी वडा २ को घर दैलो कार्यक्रम तिब्र प्रकाशित मिति: २४ बैशाख २०७९, शनिबार २०:३८

सुनवल।पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले घर दैलो कार्यक्रमलाई तिब्र पारेको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार जंगी यादवलाई बिजयी बनाउनका लागि घरदैलो कार्यक्रम तीव्र पारिएको हो ।


निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी वडा २ ले वडा अध्यक्ष ,खुल्ला वडा सदस्य ,दलित सदस्य गरि ३ जना लाई जिताउन अपिल गरेका छन ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यवस्थित गाउघर सहित महिलाहरुको सशक्तीकरणका लागि र न्यायिक स्वच्छताका, भष्टचार मुक्त नगर बनाउनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक अरु विकल्प नरहेको मतदाताहरुले बताएका छ्न ।

घरदैलो कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता , वडा सदस्यहरु, कार्यक्रताको उपस्थिती रहेको थियो ।




Ads