ताजा अपडेटः

एमालेलाई अब एकल बहुमतको सरकारको आवश्यक्ता छ :- मन्त्री ढकाल

एमालेलाई अब एकल बहुमतको सरकारको आवश्यक्ता छ :- मन्त्री ढकाल प्रकाशित मिति: १९ श्रावण २०८१, शनिबार २०:२१

बर्दघाट,साउन–१९ । अल्पमतको सरकार र मिलिजुली सरकार सबैमा रहेर काम गरेको नेकपा एमालेलाई अब एकल बहुमतको सरकारको आवश्यक्ता रहेको लुम्बिनी प्रदेशका भौतिक निर्माण तथा सिंचाई मन्त्री भुमिस्वर ढकालले बताउनु भएको छ ।
नेकपा एमाले बर्दघाट नगर कमिटिले आयोजना गरेको घरफर्क अभियानलाई सम्बोधनगर्दै मन्त्री ढकालले उक्त कुरा बताउनु भएको हो ।  अल्पमतको सरकार र मिलिजुली सरकारमा रहेर काम गर्दा जनताले चाहे अनुसारका कामहरु गर्न सहता नभएका कारण अब नेकपा एमालेले एकल बहुमतको सरकार बनाएर जनताका अति आवश्यकता कामहरु पुरा गर्नुपर्ने दायित्व एमालेको काँधमा आएको बताउनु भएको थियो ।
एमालेको निति ,सिद्धान्त र विचार जनमुखि रहेकाले अब मिसन ८४ मा एकल बहुमतको सरकार बनाउनमा कुनै पनि पार्टीले अवरोध नगर्ने गरी अघि बढ्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।
नेकपा एमाले बर्दघाट नगर कमिटिका अध्यक्ष केशव बहादुर खत्री क्षेत्रीको अध्यक्षता र सचिव शोभाकान्त कोईरालाको सञ्चालनमा भएको घरफर्क अभियान कार्यक्रममा पार्टीमा समाहित हुनुभएका रुक्मागत ज्ञवाली,प्रदेश कमिटिका सदस्य एकदेव पाण्डे, जिल्ला सल्लाहकार आर.सी. पराजुली,जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी,केन्द्रिय सदस्य बिमला अर्याल लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।
यसैबीच,नवलपरासीको बर्दघाट नगरमा रहेका नेकपा समाजवादीका ३५ जना नेता कार्यकर्ता सहित रास्वपा र माओवादीका नेता एमालेमा फर्केका छन ।
नेकपा एमाले बर्दघाट नगरकमिटिले आयोजना गरेको पार्टीको घरफर्क अभियान कार्यक्रममा नेकपा समाजवादीका रुक्मागत ज्ञवाली,कुलप्रसाद शर्मा,लोकेन्द्र बहादुर पाण्डे,आनन्द पुरी,विष्णुबहादुर थापा,दिपक श्रेष्ठ,हरि सुवेदी,पुकार जंग राणा,लक्ष्मी पाण्डे,शारदा पौडेल,रमा ज्ञवाली,सारदा घिमिरे,आकाश पाण्डे लगाएतका ३५ जना नेता कार्यकर्ताहरु नेकपा एमालेमा नै फर्केको नगर अध्यक्ष केशव बहादुर खत्री क्षेत्रीले जानकारी दिनु भएको छ ।
त्यसैगरी नेकपा माओवादीबाट खेम गैरे र रास्वपाबाट काशीराम न्यौपाने आफ्नो पुरानै पार्टी नेकपा एमालेमा फर्केको अध्यक्ष खत्रीले जानकारी गराउनु भयो ।
आफ्नो पुरानै पार्टी नेकपा एमालेमा फर्केर समाहित भएसंगै सोही कार्यक्रममा बोल्दै रुक्मागत ज्ञवालीले केहि समय आफु कारणवस देश बाहिर रहेको र केहि समय पार्टीबाट टाढा भएपनि अब पुनः आफ्ना सबै साथीसङगीहरु लिएर एमालेसंगनै जोडीएर अघि बढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
त्यसैगरी नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले एमालेपार्टीमा नै पुनः सामेल हुनुभएका नेता साथीहरुलाई पार्टीको बैठकमा बसेर छलफलका आधारमा जिम्मेवारी समेत प्रदान गरीने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
पार्टीको घरफर्क अभियान कार्यक्रममा पार्टीमा समाहित गर्न बर्दघाट आउनु भएका नेकपा एमालेका केन्द्रिय कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका भौतिक निर्माण तथा सिंचाई मन्त्री भुमिस्वर ढकालले नेकपा एमालेलाई दरिलो र मज्बुत बनाउने पुराना पार्टीका नेता कार्यकर्ताहरु केहि समय पार्टी बाहिर भए पनि अब पार्टीसंगै जोडीएर जिम्मेवारी लिएर पार्टीलाई थप मजबुत बनाएर लैजान आग्रह गर्नु भएको थियो । मन्त्री ढकालले एमाले सरकारले गरेका राम्रा काम र पार्टी गरेका राम्रा कामहरुलाई जनता सम्म लगेर मिसन ८४ मा संघ,प्रदेस र स्थानीत सरकार नेकपा एमालेको एकल बहुमतको सरकार हुने गरी अहिलेबाट नै  जनता माझँ जान सुझाव समेत दिनुभएको छ ।



Ads