ताजा अपडेटः

दुर्घटनामा गम्भीर घाइते अम्बिका श्रेष्ठको उपचारका क्रममा मृत्यु

कल्पना खरेल
दुर्घटनामा गम्भीर घाइते अम्बिका श्रेष्ठको उपचारका क्रममा मृत्यु प्रकाशित मिति: १७ श्रावण २०८१, बिहीबार २०:०७

कल्पना खरेल ।

साउन १७, नवलपरासी । पश्चिम  नवलपरासीकाे  सुनवल न.पा. वडा नम्बर ३ किर्तिपुर स्थित पुर्व पश्चिम राजमार्गमा भएकाे सवारी दुर्घटनामा ४५ बर्षिय अम्बिका श्रेष्ठको मृत्यु भएकाे छ ।
पुर्वबाट पश्चिमतर्फ आउदै गरेको लु ८१ प १४०८ नं को स्कुटर गएराति १ बजे अनियन्त्रित भई सडकमा रहेको सिमेन्टको डिभाइडरमा ठोकिदा स्कुटर चालक  सुनवल १ शान्तिटोल निवासी श्रेष्ठ गम्भीर घाइते भएका थिए ।
शरिरको विभिन्न भागमा चोट लागि गम्भीर घाईते भएकि श्रेष्ठको देवदह क्लिनिक सुनवलमा सामान्य उपचार पश्चात् थप उपचारको लागि देवदह मेडिकल कलेज भलुही रुपन्देही लगिएकाेमा डक्टरले बिहान ३ बजे मृत्यु घाेषणा गरेकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।




Ads