ताजा अपडेटः

पेट्रोलियम पदार्थको मूल्य घट्याे

पेट्रोलियम पदार्थको मूल्य घट्याे प्रकाशित मिति: १६ श्रावण २०८१, बुधबार २१:४४

१६ साउन, नवलपरासी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मुल्यमा २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।



Ads