ताजा अपडेटः

प्रतापपुरमा प्रतिवन्धित लागू औषध सहित एक व्यक्ति पक्राउ

कल्पना खरेल
प्रतापपुरमा प्रतिवन्धित लागू औषध सहित एक व्यक्ति पक्राउ प्रकाशित मिति: १६ श्रावण २०८१, बुधबार १६:४५

कल्पना खरेल ।

साउन,१६ नवलपरासी ।  पश्चिम  नवलपरासीकाे प्रतापपुर गा.पा. १ बाउनगढि स्थित भित्री सडकखण्डमा गए राति अं. १०:३५ बजे प्रतिबन्धित लागू ओैधष सहित एक व्यक्ति पक्राउ परेकाे छ ।
अमहवा देखी गोपिगंज तर्फ आउदै गरेको UP 56 X 0042 नं. को मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सेमरिबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध सहित प्रतापपुर गा.पा. १ भिठ्ठा बस्र्ने  बर्ष २८ को अजय यादव पक्राउ परेकाे  हाे ।चेकजाँचका क्रममा कालो प्लाष्टिक भित्र लुकाइ राखेको अवस्थामा PROXICO-SPAS- (५९ पत्ता) ४७७ ट्याब्लेट, NITRVET-10 पत्ता- ८८ ट्याब्लेट, ONEREX- १००ml को ३ सिसि र Syringe  -२ थान लागूऔषध भेटिएकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ।
निजलाई आज बुधबार मोटरसाइकल सहित लागू औषध सम्वन्धि कसुर शिर्षकमा मुद्धा दर्ता गरि जिल्ला अदालत परासिबाट पाँच दिनकाे म्याद थप भई अनुसन्धान भई रहेको छ ।
लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ `झ´ अनुसार उल्लेखित कसुर गर्ने कसुरदारलाई दुई वर्ष देखि दश वर्षसम्म कैद र एक लाख रुपैयाँ देखि बीस लाख रुपैयाँसम्म जरिवाना हुने डिएसपी बाेहराकाे भनाइ छ ।




Ads