ताजा अपडेटः

जिल्ला प्रहरी कार्यालय नवलपरासीद्वारा आँखा शिविर संचालन

कल्पना खरेल
जिल्ला प्रहरी कार्यालय नवलपरासीद्वारा आँखा शिविर संचालन प्रकाशित मिति: ११ श्रावण २०८१, शुक्रबार १८:०१

कल्पना खरेल,नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी द्वारा आज शुक्रबार प्रहरी कर्मचारीहरु लक्षित एकदिने आँखा शिविर कार्यक्रम संचालन गरिएकाे छ ।
प्रहरी कर्मचारीहरुको उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्ग डा. विनोद निता कंडेल आँखा अस्पताल परासीको प्राविधिक सहयोगमा  उक्त आँखा शिविर संचालन गरिएकाे हाे ।
शिविरमा डा. विनोद निता कंडेल आँखा अस्पताल परासीबाट OAS राधिका यादवकाे नेतृत्वमा ५ जनाको प्राविधिक टोलीले जिल्ला प्रहरी कार्यालय तथा मातहतमा कार्यरत  ७३ जना प्रहरी कर्मचारीहरुको आँखा परिक्षण गरिएकाे  प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बोहराले जानकारी दिनुभएकाे छ ।
नागरिक सेवामा अहोरात्र खटीने प्रहरी कर्मचारीहरुको आँखाकाे स्वास्थ्यलाई मध्यनजर गर्दै सञ्चालन गरिएको शिविरले आँखामा  देखिएकाे समस्याको पहिचान भई समयमा उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएकाे बाेहराकाे भनाइ छ ।




Ads