ताजा अपडेटः

सुस्तामा कस्मेटिक पसलमा आगोलागी

कल्पना खरेल
सुस्तामा कस्मेटिक पसलमा आगोलागी प्रकाशित मिति: ५ श्रावण २०८१, शनिबार १६:३४

कल्पना खरेल,नवलपरासी । आज पश्चिम नवलपरासीकाे सुस्ता गाउँपालिका ५ रतनगंज बस्ने सावित्री देबि तेलीको कस्मेटिक पसलमा आगलागी हुदा लाखाैकाे क्षति भएकाे छ ।
दिउँसो  १२ बजे जस्ताको छानो भएको १ तले पक्की घरमा बिजुलीको तार सर्ट भई कस्मेटिक पसलमा आगोलागी हुदा करिब १ लाख ५० हजार बराबरको क्षति भएकाे हाे ।
स्थानीयकाे खबर पश्चात तत्काल प्रहरी टोली खटिई स्थानिय र प्रहरीको सहयोगमा दिउँसो १२:१५ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियाे ।
आगोलागीबाट पसलमा रहेको कस्मेटिक सामानहरु अंशिक रुपमा जलेर नष्ट भएकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।