ताजा अपडेटः

सुनवलका राेहित नगरकाेटिकाे माेटरसाइकल दुर्घटनामा मृत्यु

सुनवलका राेहित नगरकाेटिकाे माेटरसाइकल दुर्घटनामा मृत्यु प्रकाशित मिति: ४ श्रावण २०८१, शुक्रबार १७:५७

कल्पना खरेल, नवलपरासी । सुनवल-१० , गैडाखाल पश्चिम नवलपरासीका २४ बर्षिय राेहित नगरकाेटिकाे माेटरसाइकल दुर्घटनामा मृत्यु भएकाे छ ।
गएराति बिहिवार १० बजे साथीहरूसगँ रमाइलो गरि  घरतर्फ फर्कने क्रममा लु २६ प ९८४४ नम्बरकाे माेटरसाइकल दुर्घटनामा परि उनकाे मृत्यु भएकाे हाे ।
दुर्घटना पश्चात इलाका प्रहरी कार्यलय सुनवलबाट आएकाे प्रहरी टाेलिले गम्भीर घाइते भएका नगरकाेटिलाई ११ बजे त्रिचन्द्र अस्पताल परासी पुर्याएकाेमा डाक्टरले मृत घाेषणा गरेकाे थियाे ।
अहिले उनकाे पाेष्टमार्टम पश्चात् सुनवल साेमनाथ स्थित मगरघाटमा दाहसंस्कार गरिएकाे पिटि अनलाइनका पत्रकार युवराज पुनले बताउनुभएकाे छ ।



Ads