ताजा अपडेटः

नवलपुरमा सर्पकाे टाेकाइबाट बालकको मृत्यु   

नवलपुरमा सर्पकाे टाेकाइबाट बालकको मृत्यु    प्रकाशित मिति: २ श्रावण २०८१, बुधबार १४:२३

साउन-२, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सर्पकाे टाेकाइबाट एकजना बालकको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु–६ भण्डाराका १४ वर्षीय आर्यन महतोको सर्पकाे टाेकाइबाट गएराति मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी वेदबहादुर पौडेलले घरमा खेल्ने क्रममा महतोलाई सर्पले डसेको जानकारी दिनुभयाे । सर्पकाे टाेकाइबाट घाइते बालकलाई कावासोतीस्थित कालीगण्डकी अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको उहाँको भनाइ छ ।

 



Ads