ताजा अपडेटः

नारायणी नदिमा बेवारिसे शव फेला

नारायणी नदिमा बेवारिसे शव फेला प्रकाशित मिति: ३१ असार २०८१, आईतवार १९:०६

कल्पना खरेल, नवलपरासी ।  पश्चिम नवलपरासीकाे सुस्ता गा.पा. ४ पन्ध्र (१५) नं. ठोक्कर स्थित रहेको नारायणी नदीको छेउमा आज  बेवारिसे शव फेला परेकाे छ ।

नाम थर वतन नखुलेको अन्दाजी ४०-४५ वर्षकाे पुरुष व्यक्तीको शव दिउँसो  ४ :५० बजे  घोप्टो अवस्थामा फेला परेकाे प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी  रेशम बोहराले जानकारी दिनुभयाे ।

यतिबेला छिर्केमिर्के सर्ट, खुट्टामा मोजा र कम्मरमा कालो कन्दानि बाँधेको तत्काल पहिचान खुल्न नसकेको कारण फोटो सहितको हुलिया परिपत्र गरि सनाखतको प्रयास भईरहेको छ ।



Ads