ताजा अपडेटः

मूलपानी सामुदायिक वन सुनवल-४ नवलपरासीद्वारा अनुदानका सामाग्री वितरण

मूलपानी सामुदायिक वन सुनवल-४ नवलपरासीद्वारा अनुदानका सामाग्री वितरण प्रकाशित मिति: २९ असार २०८१, शुक्रबार २२:५२

कल्पना खरेल,नवलपरासी ।  मूलपानी सामुदायिक वन उपभोक्ता समूह  सुनवल-४ , पश्चिम नवलपरासीद्वारा आज शुक्रबार अनुदानका सामाग्री वितरण गरिएकाे छ ।
जिविको पार्जन तथा गरिबी निवारण कार्यक्रम अन्तर्गत मूलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यज्ञप्रसाद पाण्डेको अध्यक्षता तथा डिभिजन वन कार्यलय परासीका डिभिजन वन अधिकृत महेन्द्र राज वाग्लेकाे प्रमुख आतिथ्यतामा ९ लाख २० हजार बराबरको अनुदानकाे सामाग्री वितरण गरिएकाे हाे ।
विपन्न गरिब उपभोक्ताहरूकाे आयआर्जनकाे दिगाे स्राेत वृद्वि गरि गरिबी न्यूनिकरण गर्ने लक्ष्य सहित २० जना उपभोक्तालाई बयर वाख्रा , ३ जना उपभोक्तालाई पम्पिसेट, ४ जना उपभोक्तालाई माेटर, ५ जना उपभोक्तालाई छाटि काट्ने हाते मेसिन, प्रगतिगाेट शिव पार्वती मन्दिर व्यवस्थापन समितिलाई  २० थान कुर्चि र ६ जना उपभोक्तालाई साेधभर्ना हुने गरि भैसिकाे पाडि वितरण गरिएकाे छ ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि वाग्लेले नेपाल सरकार अन्तर्गत रहेका २५ वटा मन्त्रालय अन्तर्गत  २३ वटा मन्त्रालयले गर्ने कामहरू यस सामुदायिक वनले विभिन्न कार्यक्रम मार्फत संचालन गर्दै आएकाे जानकारी दिनुभयाे ।
उहाँले शिक्षा मन्त्रालय ,कृषि मन्त्रालय, सिंचाई मन्त्रालय , सुचना प्रविधि मन्त्रालय लगायतका मन्त्रालयहरूकाे कामहरू एकद्वार प्रणाली अन्तर्गत सामुदायिक बन मार्फत गर्न सकिने कार्यक्रम रहेकाे भन्दै जिल्लामा भएका सामुदायिक वनमध्ये नमुना सामुदायिक वनकाे भूमिका निर्वाह गरेकाे बताउनुभयाे ।
साेहि कार्यक्रममा बाेल्दै मूलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यज्ञप्रसाद पाण्डेले गरिबी निवारण र सामाजिक उत्तरदायित्व अन्तर्गत अनुदान सामग्री वितरण कार्यक्रमले विपन्न  किसानकाे जिवनस्त उकास्न मद्दत गर्नेमा विश्वस्त रहेकाे धारणा राख्नुभयाे । उहाले आफुले पाएकाे सामानकाे अधिकतम प्रयाेग गरि त्यसबाट आर्थिक लाभ लिन समेत उपभोक्तालाई आग्रह गर्नुभयाे ।
सचिव समीक्षा सिंजापतिकाे संचालन र उपाध्यक्ष प्रभुलाल माैर्यकाे स्वागत रहेकाे कार्यक्रममा सुनवल सव डिभिजन वन कार्यालय प्रमुख मनोज न्याैपाने, वडा न. ४. वडा सदस्य सिता पौडेल, सल्लाहकार उमाकान्त उपाध्यक्ष लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।