ताजा अपडेटः

उद्धार तथा प्राथमिक उपचार सम्बन्धी अभ्यास अभिमुखिकरण कार्यक्रम

उद्धार तथा प्राथमिक उपचार सम्बन्धी अभ्यास अभिमुखिकरण कार्यक्रम प्रकाशित मिति: २६ असार २०८१, मंगलवार ०५:२०

कल्पना खरेल, नवलपरासी । पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिकाको सभाहलमा  उद्धार तथा प्राथमिक उपचार सम्बन्धी १ दिने अभ्यास अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।
जिल्ला विपद व्यवस्थापन तथा प्रतिकार्य समितिको आयोजनामा जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी, पृथ्वीचन्द्र अस्पताल परासी र जिल्ला रेडक्रसको सहकार्यमा विपद व्यवस्थापनमा साेमबार उक्त अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा  विपद व्यवस्थापनमा खटिने नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका कर्मचारीहरुलाई विपदमा परेका घाईतेहरुलाई उद्धार तथा प्राथमिक उपचारका विषयमा जानकारी गराइएको थियाे।
उक्त कार्यक्रममा नेपाल प्रहरी २५ जना, गोरखदल गण रामग्राम व्यारेक परासीबाट २० जना, सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे. क्वाबाट २९ जना गरी जम्मा ७४ जना सुरक्षाकर्मीहरुको सहभागिता रहेको प्रहरी निरिक्षक तथा सुचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिनुभएकाे छ ।
साथै विपदमा परेका घाईतेहरुलाई उद्धार तथा प्राथमिक उपचार सम्बन्धी अभ्यास अभिमुखिकरण कार्यक्रम पालिका स्तरमा विभिन्न ३ वटा स्थानहरुमा विपद व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरुलाई आइतबारदेखि नै सञ्चालन गरिएको छ ।



Ads