ताजा अपडेटः

राजा महात्मा पूर्णभद्रद्वारा गरिब तथा जेहन्दार बिद्यार्थीलाई १३ लाख बढीको अक्षय कोष

कल्पना खरेल
राजा महात्मा पूर्णभद्रद्वारा गरिब तथा जेहन्दार बिद्यार्थीलाई १३ लाख बढीको अक्षय कोष प्रकाशित मिति: १९ जेष्ठ २०८१, शनिबार १७:५५

कल्पना खरेल,नवलपरासी । राजा महात्मा पुर्णभद्र नमुना माध्यमिक विद्यालय बर्दघाट-९ पश्चिम नवलपरासीद्वारा गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि १३ लाख भन्दा बढीको अक्षय कोष निर्माण गरिएकाे छ।
विद्यालयले  ५० औ बर्ष पार गरेको अवसरमा आयाेजित स्वर्ण महोत्सवबाट उठेकाे रकम मध्येबाट उक्त १३ लाख भन्दा बढिकाे अक्षय कोष निर्माण गरिएकाे स्वर्ण जयन्ती मुल समारोह समितिका संयोजक तथा संविधान सभा सदस्य बिक्रम खनालले जानकारी दिनुभएकाे छ ।
संयाेजक खनालले महाेत्सबमा कुल ५३ लाख ८१ हजार ४ सय ५० उठेकाेमा रू ३६ लाख ४५ हजार ३ सय ९ कटाएर रू १७ लाख ३६ हजार १ सय ४१ रकब बचत भएकाे पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयाे ।
उहाँले साेहि बचत रकम मध्येबाट १३ लाख ४३ हजार १ सय ७२ रूपैया गरीब तथा जेहेन्दार विद्यार्थीहरूका लागि  छात्रवृत्ति व्यवस्थाका लागि रकम छुट्याएको आज सनिवारकाे पत्रकार सम्मेलनमा जानकारी गराउनुभएकाे हाे ।
स्थापनाकाे ५० ओै वर्षमा मनाइनुपर्ने स्वर्ण जयन्ती महाेत्सव विद्यालयमा विगत केही वर्षदेखिकाे द्वन्द्वका कारण ५३ ओै वर्षमा   गर्न सफल भएकाे हाे ।
संवरण महाेत्सव सम्पन्न गर्नका लागि  संविधानसभा सदस्य बिक्रम खनालकाे संयाेजकत्वमा २ हजार १ जनाकाे  स्वर्ण जयन्ती मुल समारोह समिति गठन गरिएको थियाे ।




Ads