बैशाख १९, सुनवल।
पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर -२ नवदुर्गा टोलमा रहेको दुर्गा मन्दिरमा चोरी भएको छ ।
हिज राती मन्दिरको झ्याल तोडफोड गरि मन्दिर भित्र रहेको स्पिकर ( डेग ) चोरी भएको तर अरु सामान,नगद केही पनि चोरी नभएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष सेसहरि सुबेदिले बताउनु भयो ।
चोरीको प्रकृति हेर्दा नजानेको र नचिनेको मान्छे ले नचोरेको चिने जानेकाले नै चोरेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
२०४३ सालमा स्थापना भएको दुर्गा मन्दिरको क्षेत्रमा अहिले गणेश मन्दिर,कोटिया मन्दिर, शिबको मन्दिर रहेको छ ।