ताजा अपडेटः

इलाका प्रहरी सुनवलद्वारा ७ लाखभन्दा बढिकाे भन्सार छलिका  कपडाहरु बरामद

कल्पना खरेल
इलाका प्रहरी सुनवलद्वारा ७ लाखभन्दा बढिकाे भन्सार छलिका  कपडाहरु बरामद प्रकाशित मिति: ३० फाल्गुन २०८०, बुधबार २२:०८

कल्पना खरेल,नवलपरासी । आज बुधबार प्रहरीले धनगढीबाट काकडभित्ता जाने बा.प्र. ०३-००१ ख २६४८ नं. को बसबाट भन्सार छलि ल्याइएका कपडाहरु बरामद गरेकाे छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुनवल पश्चिम नवलपरासीले बसहरुलाई चेकजाँच गर्ने क्रममा  बसको पछाडीको डिक्कीमा १४ बोरा, अन्दाजी मूल्य रू. ७ लाख ३० हजार ३ सय बराबरको बिभिन्न प्रकारका कपडाहरु बरामद गरेकाे हाे ।
बरामद भएका उक्त कपडाहरुलाई इलाका प्रहरी कार्यालय सुनवल मार्फत आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाई थप अनुसन्धान कार्य भइरहेकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बोहराले जानकारी दिनुभएकाे छ ।




Ads