ताजा अपडेटः

देवदह खानेपानीकाे सातौँ वार्षिक साधारण सभा

कल्पना खरेल
देवदह खानेपानीकाे सातौँ वार्षिक साधारण सभा प्रकाशित मिति: २० माघ २०८०, शनिबार २०:४४

कल्पना खरेल,नवलपरासी । देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सातौँ वार्षिक साधारण सभा आज सनिवार  सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गुमान सिं कुँवरकाे अध्यक्षता तथा देवदह नगरपालिका नगरप्रमुख ध्रुवप्रसाद खरेलकाे  प्रमख आतिथ्यतामा उक्त  साधारणसभा सम्पन्न भएकाे हाे । कार्यक्रममा अध्यक्ष गुमान सिं कुवरले अध्यक्षकाे प्रतिवेदन ,सचिव हरिप्रसाद पाण्डेले सचिवकाे प्रतिवेदन कोषाध्यक्ष कृष्ण प्रसाद ज्ञवालीले काेषाध्यक्षकाे प्रतिवेदन र लेखा संयाेजक सुवकान्त न्याैपानेले लेखा सुपरिवेक्षण समितिकाे प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।
जसमा संस्थाकाे आर्थिक वर्ष २०७९/८० मा ३ कराेड २७ लाख ६८ हजार ९ सय कूल सम्पत्ति रहेकाे छ । भने  आर्थिक वर्ष २०७९/८० मा संस्थाकाे जम्मा आम्दानी १ कराेड ६६ लाख ८० हजार ३ सय ६२ ,जम्मा खर्च १ कराेड ७३ लाख ८२ हजार ५ सय ८४ रहेकाे छ ।
हालसम्म देवदह खानेपानीकाे २ हजार ३ सय महिला , २ हजार ६ सय ५२ पुरूष र १ सय ४९ संघसंस्था गरि कूल ५ हजार १ सय १ वितरण धारा संख्या रहेकाे छ ।
देवदह आदर्श बहुमुखी क्याम्पसको प्रांगणमा सम्पन्न साधारण सभामा कार्यक्रमककाे प्रमुख अतिथि तथा  नगर प्रमुख ध्रुवप्रसाद खरेल, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलका प्रमुख विनोद कुमार भुजेल, लुम्बिनी विकास काेषका काेषाध्यक्ष ढुण्डिराज भट्टराई , वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण अधिकारी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।




Ads