ताजा अपडेटः

महायज्ञ मूल समारोह समितिद्वारा सिटिजन्स बैंकलाई सम्मान

महायज्ञ मूल समारोह समितिद्वारा सिटिजन्स बैंकलाई सम्मान प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार १६:३५

सुनवल । श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञ-२०८० मा  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड शाखा सुनवललाई सम्मान गरिएकाे छ ।
माघ १ गते देखि माघ ८ गते सम्म “योग तथा ध्यान भवन निर्माणार्थ” आयोजित महायज्ञमा सिटिजन्स बैंकले पुर्याएकाे याेगदानकाे उच्च मुल्यांकन गर्दै हाम्रो सुनवल निर्माण सत्मार्ग महायज्ञ मूल समारोह समितिद्वारा सम्मान गरिएको हाे ।
बैंकले आफ्नाे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  महायज्ञमा रू ६१ हजार १ सय ११ रूपैया बराबरको जिन्सी सामाग्री सहयाेग गरेकाे थियाे ।


विगत १७ वर्ष देखि सर्वसाधारण माझ अनवरत रूपले सरल र सहज बैंकिंङ्ग सेवा  पुर्याउदै आएको यस  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यस क्षेत्रका सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा थप टेवा पुर्याउने लक्ष्य सहित विभिन्न कार्यक्रम संचालन गर्दै आएकाे सुनवल शाखा प्रबन्धक कृष्ण क्षेत्रीले बताउनुभयाे ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ८२ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।



Ads