कल्पना खरेल,नवलपरासी । नगर स्तरीय अन्तर विद्यालय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज शुक्रबारदेखि पश्चिम नवलपरासीको सुनवल १३ स्थित धान्यान्चल माध्यमिक विद्यालयमा सुरू भएकाे छ । “स्वास्थ्यकाे लागि खेलकुद र राष्ट्रकाे लागि खेलकुद” भन्ने नारा सहित सुनवल नगरपालिकाकाे आयोजनामा सुरू भएकाे खेलमा नगरप्रमुख विमला अर्यालले खेलकाे उद्वाटन सगै सलामी दिनुभएकाे थियाे । जसमा सहभागी ५ सय ५० खेलाडीद्वारा मार्च पास गरिएकाे थियाे । भने नगरप्रमुख अर्याल द्वारै खेलाडी सगै अफिसियलहरूलाई सपथ प्रहण गराइयाे । निकैनै तामझाम सगँ सांस्कृतिक नाचँले स्वागत सगँ सुरू गरीएकाे कार्यक्रममा उल्लेख्य खेलप्रेमी दर्शकको भिड देखिन्थ्यो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले खेलकाे माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने खेलाडीको रूपमा सुनवल नगरपालिकाकाे खेलाडीलाई हेर्न चाहेकाे विचार व्यक्त गर्नुभयाे ।
त्यस्तै साेहि क्रममा बाेल्दै सुनवल प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले विकास , गतिशीलता र अनुशासन खेलसगँ जाेडिएकाे भन्दै खेलका माध्यमबाट नगरपालिका देखि देशलाई एउटा पहिचान दिन सक्ने खेलप्रेमी खेलाडीको निर्माण गर्ने उदेश्य रहेकाे धारणा राख्नुभयाे ।
उता नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष डाेलराज भण्डारीले खेलबाट जन्मेका राष्ट्रिय प्रतिभाहरूकाे संरक्षण र प्राेत्साहन गर्नु स्थानीय सरकारकाे जिम्मेवारी भएकाे बताउनुभयाे ।
प्रतियोगितामा नगर भित्रका सामुदायिक तथा सस्थांगत विद्यालय गरी २४ विद्यालय सहभागी रहेका छन । जसमा छात्र र छात्राका लागि ५ वटा खेल विधा र २७ वटा खेलहरू संचालन हुनेछन । एथलेटिक्स अन्तर्गत ट्याकमा १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटर
फिल्ड तर्फ हाइजम्प, लङजम्प, ट्रिपल जम्प ,सटफुट र ज्याभलिन थ्राे,भलिबल र कवड्डि ,मार्सलाट तर्फ कराते र टेक्वाण्डाे , जसमा
करातेमा U 42 kg, U 47 kg, U 52 kg , एकल काता
तेक्वाण्डाेमा U 42 kg, U 47 kg, U 52 kg , रहेकाे छ ।प्रतियोगितामा २४ माध्यमिक विद्यालयका ५ सय ५० सय खेलाडीले १०० स्वर्ण , १०० काश्य र १ सय ६२ रजत सहित ३ सय ६२ मेडलका लागि प्रतिस्पर्धा गर्नेछन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य प्रसाद न्यौपानेको अध्यक्षता,प्राचार्य ऋषिराम भण्डारीको स्वागत र शिक्षक रामराज श्रेष्ठको संचालन रहेकाे कार्यक्रममा रास्वपा सुनवल नगर अध्यक्ष सोभा ढकाल , जिल्ला खेलकुद विकास समिति उपाध्यक्ष रमेश कर्मचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । यसअधि सम्पन्न नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पहिलो धान्यान्चल मावी र दोस्रो महाकवि देवकोटा नमूना माध्यामिक विद्यालयमा भएको थियो ।