कल्पना खरेल,नवलपरासी । एकका लागि सबै र सबैका लागि एक भन्ने नारा सहित साना किसान कृषि सहकारी संस्था लि. रामनगरकाे २३ ओै वार्षिक साधारणसभा तथा नवाैं नेतृत्व चयन कार्यक्रम सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष तिल प्रसाद भण्डारीकाे अध्यक्षता तथा सुनवल नगर उप-प्रमुख सूर्यप्रसाद दुवेकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमले देवीलाल डुम्रेकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ ।
जसकाे उपाध्यक्षमा लक्ष्मी भट्टराई गौतम रहनुभएकाे छ भने
सदस्यहरुमा तिल प्रसाद भण्डारी, उपेन्द्र मान प्रधान ,राधिका खराल न्यौपाने,पुर्णी देवि पछिमा थारु ,शोभा गौतम सुवेदी,लेखनाथ ढकाल, बाल कृष्ण भट्टराई , भोला तेलि ,दयाराम यादव रहनुभएकाे छ । त्यसैगरी लेखा सयोजक तोया नाथ न्यौपानेकाे संयाेजकत्वमा लेखा सदस्यमा बिष्णु भण्डारी र गंगाराम गैर चयन हुनुभएकाे छ ।
उक्त कार्यक्रममा बाेल्दै नगर उपप्रमुख दुवेले यस कृषि सहकारी संस्थाले कृषिकाे क्षेत्रमा गरेकाे कामकाे उच्च मूल्यांकन गर्दै आगामी दिनमा अझ कृषिलाई उत्पादनमूलक र व्यवसायीकरण तर्फ लाग्न आग्रह गर्नुभयाे ।
पछिल्लो पटक देखिएकाे आर्थिक मन्दि र खस्किदाे व्यवसायीकरणलाई नयाँ नेतृत्वले थप उर्जा प्रदान गर्न सकाेस् भन्दै सबल र सक्षम नेतृत्व चयन गर्न सबैलाई सचेत गराउनुभयाे ।
त्यसैगरि साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय बुटवलका शाखा प्रमुख गणेश प्रसाद भट्टराइले सहकारीको उठ्नुपर्ने खराब कर्जा उठाउन नसक्दा नाफामा कमि देखिएकाे बताउनुभयाे । साथै उहाँले सेयर सदस्यलाई ऋण प्रभाह गर्दा अनुगमनमा विशेष ध्यान दिनुपर्ने सुझाब दिदै अशुलीमा कडाइका साथ लाग्न नेतृत्वलाई आग्रह गर्नुभयाे ।
२८ कराेड १९ लाख ४७ हजार ३ सय ४५ कुल सम्पत्ति रहेकाे साना किसान कृषि सहकारी संस्था लि.काे २ कराेड ५ लाख २१ हजार २ सय ३५ सेयर पूंजी र १२ कराेड ५२ लाख ७२ हजार १ सय ३ निक्षेप रहेकाे छ भने चालू आर्थिक वर्ष २०८० अषाढ मसान्तसम्म ७५ लाख ३९ हजार ३ सय ९२ शुद्व नाफा रहेकाे छ ।
कार्यक्रममा अध्यक्षकाे प्रतिबेदन संस्थाकाे अध्यक्ष तिलप्रसाद भण्डारी,उपाध्यक्षकाे प्रतिबेदन संस्थाकाे उपाध्यक्ष लक्ष्मी भट्टराई गाैतम र लेखा समितिकाे प्रतिवेदन लेखा संयाेजक ताेयनाथ न्याैपानेले प्रस्तुत गर्नुभएकाे थियाे ।
यसैबीच कार्यक्रम ७० भन्दा माथिमा १५ जना जेष्ठ नागरिकलाई र गाई पालन ,पाछा पालन र बाख्रा पालन गरि ३ जना व्यवसायीलाई सम्मान समेत गरिएको थियाे ।
संस्थाकाे प्रवन्धक भाेज प्रसाद चापागाईंकाे संचालन र उपाध्यक्ष लक्ष्मी भट्टराई गाैतमकाे स्वागत रहेकाे कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष चुडामणि पाैडेल ( दिपक ) , ११ का वडा अध्यक्ष कमल प्रसाद चुवाइ , सुनवल नगरपालिका आर्थिक विकास शाखा प्रमुख खेमराज ढकाल र लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लेखनाथ खरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।