ताजा अपडेटः

कैलाशेश्वर शिवालय मन्दिरकाे अधिवेशनलबाट पुनः अध्यक्षमा गाेपाल प्रसाद आचार्य निर्वाचित

कैलाशेश्वर शिवालय मन्दिरकाे अधिवेशनलबाट पुनः अध्यक्षमा गाेपाल प्रसाद आचार्य निर्वाचित प्रकाशित मिति: २१ पुष २०८०, शनिबार २१:३९

कल्पना खरेल,नवलपरासी । श्री कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्था सुनवल ४ शुभमनगर पश्चिम  नवलपरासीको तेस्रो अधिवेशनले अध्यक्षमा पुनः गाेपाल प्रसाद आचार्यलाई निर्वाचित गरेकाे छ । आज सनिवार नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा सम्पन्न छैठौ वार्षिक साधारण सभा तथा तेस्राे अधिवेशनले उहाँलाई पुनःअध्यक्षमा निर्वाचित गरेकाे हाे ।
भने नवगठित कार्यसमितिको उपाध्यक्षमा अशोक कुमार श्रेष्ठ, सचिवमा दयाराम भण्डारी, कोषाध्यक्षमा राजकुमार क्षेत्री चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः मनोहर लामिछाने, रामप्रसाद सुवेदी, ज्ञानु गौतम, लालचन्द चापागाई, देवी पोखरेल, मुक्तिराम भण्डारी र मिरा न्यौपाने चयन भएका छन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले कैलाशेश्वर शिवालय मन्दिरले सञ्चालन गर्दै आएकाे जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमले यस मन्दिरकाे साेभा बढाएकाे बताउनुभयाे । यस्ताे  कार्यक्रमले एकातर्फ जेष्ठ आमा बुवाहरूलाई खुसी दिनुकाे साथै एक्लाेपनकाे परिपूर्ति गरेकाेमा खुसी व्यक्त गर्दै स्थानीय सरकारकाे साथ र सहयोग सदैव रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।
कार्यक्रममा संस्थाका अध्यक्ष गाेपाल प्रसाद आचार्यले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे भने संस्थाकाे कोषाध्यक्ष सविता शर्माले  रु. १६ लाख ९५ हजार १ सय २  बराबरको आर्थिक वर्ष २०७९/०८० को  आयव्यय प्रस्तुत गर्दै हाल मन्दिरको कुल सम्पत्ति ४६ लाख २३ हजार ४ सय ८ रुपैया रहेकाे जानकारी दिनुभयाे ।
संस्थाका उपाध्यक्ष अशोक कुमार श्रेष्ठको स्वागत र सचिव दयाराम भण्डारीकाे संचालन रहेकाे कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरी,वडा नम्बर ४ का वडाध्यक्ष बालकृष्ण पंगेनी, , उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य केशव भण्डारी, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्य, सुनवल खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष बिष्णु न्यौपाने,ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय सुनवल शाखाकी दिप्ती दिदि, हरिहर ओम कारेश्वरका विष्णु पौडेल, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।



Ads