ताजा अपडेटः

सम्मानजनक स्वास्थसेवा प्रभाहका विषयमा छलफल

कल्पना खरेल
सम्मानजनक स्वास्थसेवा प्रभाहका विषयमा छलफल प्रकाशित मिति: ११ पुष २०८०, बुधबार २२:२८

कल्पना खरेल,नवलपरासी । सहकारी स्वास्थ सेवा केन्द्र,सुनवल-१ काे सामाजिक परीक्षण कार्यक्रम आज बुधबार पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएकाे छ ।
सुनवल नगरपालिकाकाे आयाेजना तथा ग्रिन तारा नेपालकाे समन्वयमा भएकाे उक्त कार्यक्रममा गर्भवति , सुत्केरी र प्रसुति महिलालाई सम्मान जनक स्वास्थ्यसेवा प्रभाहका विषयमा छलफल भएकाे थियाे ।
वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापाकाे अध्यक्षता तथा नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रममा प्रसुति गृह प्रमुख यमकला न्याेैपानेले प्रसुती गृहकाे अवस्था, व्यवस्था र चुनाैतीकाे विषयमा प्रष्ट्याउनुभएकाे थियाे । उहाँले सम्मान जनक स्वास्थ्यसेवा प्रभाहका लागि  मापदण्ड अनुसारकाे स्वास्थमैत्री  भवन नहुदा सेवा प्रभावकारी हुन नसकेकाे बताउनु भएकाे थियाे  ।
उहाँले  प्रसुति गृह २४ सै घण्टा खुल्लाहुनुपर्ने हुदा  रातिकाे समयमा २ जना महिला स्वास्थकर्मचारीले हेर्नुपर्ने बाध्यता भएकाेले सुरक्षाकाे समस्या डरलाग्दो रहेकाे भन्दै तत्काल चाैकिदारकाे व्यवस्था मिलाउन नगरप्रमुख अर्याललाई आग्रह गर्नुभयाे । साथै न्याैपानेले स्वास्थ चाैकीमा कर्मचारीकाे अभाव रहेकाे समेत बताउनुभएकाे थियाे ।
साेहि क्रममा सहभागी सुनवल १  निवासी सुनवल खानेपानी उपाध्यक्ष हिमाल पराजुली , आमा समुहकाे अध्यक्ष अम्बिका थापा , स्वयमसेविका मेनुका तिमल्सिना लगायतले यस प्रसुति गृहमा गर्भवति , सुत्केरी र प्रसुति महिलाले पाएका सुविधा र भाेगेका जटिलताका विषयमा  नगरप्रमुख अर्यालकाे ध्यानाकर्षण गराएका थिए ।
सबैकाे गुनासाेलाई एकैचोटि सम्बाेधन गर्दै नगप्रमुख अर्यालले देखिएका जटिलतालाई फुकाउदै लगिने र चाडैनै मापदण्ड सहितकाे भवन निमार्ण गरिने विश्वास व्यक्त गर्नुभयाे । शिक्षा र स्वास्थलाई मुख्य लक्ष्य सहित अघि बढेकाे स्थानीय सरकारले स्वास्थका क्षेत्रमा कत्तिपनि लापरबाही नगर्ने भन्दै भरखर मात्र ल्याब सेवा स्थापना गरिएकाे जानकारी दिदै सेवाका क्षेत्रलाई अझ फराकिलो गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
पत्रकार कुश्माखर ढकाल ( कृष्ण ) काे संचालन र सुनवल माविको प्रध्यापक रिता गैरेकाे स्वागत रहेकाे कार्यक्रमकाे सहजिकरण ग्रिन तारा नेपालकाे  फिल्ड म्यानेजर काेपिला श्रेष्ठले गर्नुभएकाे थियाे ।
जहाँ प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरी,वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनी, कार्यपालिका सदस्य तथा सामाजिक  विकास संयाेजक  भगवती बस्याल,कार्यपालिका सदस्य सीता भण्डारी , सीता तिमल्सिना, जिल्ला स्वास्थ्य कार्यालयबाट कल्पना पाैडेल लगायतको उपस्थिति रहेकाे थियाे ।




Ads