ताजा अपडेटः

अन्तर्राष्ट्रिय बाल दिवसको अबसरमा पालिका स्तरीय वक्तृत्वकला प्रतियाेगिता प्रतापपुरमा सम्पन्न

कल्पना खरेल
अन्तर्राष्ट्रिय बाल दिवसको अबसरमा पालिका स्तरीय वक्तृत्वकला प्रतियाेगिता प्रतापपुरमा सम्पन्न प्रकाशित मिति: ९ मंसिर २०८०, शनिबार १८:४१

रामु भुसाल ,बर्दघाट ।  अन्तर्राष्ट्रिय बाल दिवस २०२३ को अबसरमा पालिका स्तरीय वक्तित्वकला प्रतियाेगिता पश्चिम नवलपरासीको प्रतापपुरमा सम्पन्न भएको छ।
प्रतापपुर गाउँ पालिका स्तरीय बाल संजालको आयोजना ,इन्द्रेणी सामाजिक बिकास मंच  युनाईटेड मिसन टु नेपाल  द्वारा संचालित बाल अधिकार परियोजनाको सहयोगमा “प्रत्येक बालबालिकाको लागि प्रत्येक अधिकार” (FOR EVERY CHILD, EVERY RIGHT) भन्ने मुल नाराका साथ  पालिका स्तरीय वक्तित्वकला प्रतियाेगिता प्रतापपुर  गाउँपालिकाको सभा हलमा सम्पन्न भएको हो।


बाल संजालका अध्यक्ष विस्वानन्द यादव को अध्यक्षता तथा  प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा  प्रतापपुर ९ का वडा अध्यक्ष जय किसुन चौधरी,त्रिभुवन माबी का प्र अ नारद ठाकुर,गणेश मा बि का प्र अ दिलिप शर्मा,बाल अधिकार समिती सदस्य अदिती सिवाकोटी लगायतले मन्तव्य व्यक्त गएकाे थियाे । भने कार्यक्रमको उदेश्य माथी यु एम एन का प्रकाश राईले प्रकाश पार्नु भएको थियो।
छोरी बचाउ,छोरी पढाउ,भन्ने बिषयमा भएको प्रतियोगितामा प्रतापपुर गाउँ पालिका भित्रका १५ आधारभुत तह र ७ मा.वि. तहका विद्यालयकाे सहभागिता रहेको थियो।


जस मध्य,मा.वि. तर्फ  गणेश मा. वि. का छात्रा आकृती कुर्मी प्रथम, त्रिभुवन मा वि का छात्रा पुजा गुप्ता द्वितीय ,र आदर्स मा वि.कि छात्रा निर्मला कुमारी चौधरी तृतीय भएका छन् भने आधारभुत तह तर्फ  ब्रम्हा बाबा मा वि का छात्रा नेत्र कुमारी चौधरी प्रथम  , त्रिभुवन मा वि का छात्रा चन्द्र कला कोइरी द्वितीय  र  डम्बर  बाहादुर मा वि का छात्र राज गुप्ता तृतीय भएका छन् ।  बिजेता लाई ट्रफी,मेडल र स्टेसनरी प्रदान गरिएको बाल अधिकार परियोजना  सम्योजक बिणा चौधरीले  जानकारी दिनुभएको छ।


प्रतियोगिता को निर्णायक मन्डलमा संयाेजक इन्द्रेणी सामाजिक बिकास मन्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदी,र सदस्य हरुमा शिवपुर गढि मा वि का प्र अ अदम बाहादुर थापा र त्रिभुवन मा वि का शिक्षक हेम कुमारी चौधरी रहनु भएको थियो।
संजालका सदस्य श्री धर बस्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन संजालका उपाध्यक्ष अञ्जली भट्टराईले गर्नु भएको थियो।
प्रतापपुर गाउपालिकामा ३१ वटा सामुदायिक विद्यालय रहेका छन।




Ads