ताजा अपडेटः

वैदेशिक रोजगारीमा गई ज्यान गुमाएका तथा पूणर् अशक्त व्यक्तिका सन्ततिलाई छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग

कल्पना खरेल
वैदेशिक रोजगारीमा गई ज्यान गुमाएका तथा पूणर् अशक्त व्यक्तिका सन्ततिलाई छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलवार ११:४६

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा गइ ज्यान गुमाएका तथा पूणर् अशक्त भएका व्यक्तिका सन्तानहरुलाई छात्रवृत्तिको लागि निवेदन माग गरेको छ । बोर्डको सचिवालयले सूचना निकालेर आफू अध्ययन गरिरहेकै विद्यालयमा निवेदन दिन भनेको हो ।
यस्तै, सम्बन्धित विद्यालयले आवश्यक कागजातसहित सम्बन्धित पालिकामा सिफारिस गर्नुपर्नेछ । पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म अध्ययन गर्नेहरुले वैदेशिक रोजगार सन्तति छात्रवृत्ति कार्यक्रममा सहभागी हुन पाउनेछन् ।
छात्रवृत्ति पाउन १८ वर्षमुनिको हुनुपर्नेछ । सचिवालयले छात्रवृत्तिको लागि निवेदन सङ्कलन विवरण पठाउन सबै पालिकाहरुलाई पनि परिपत्र गरेको छ ।स्रोतःउज्यालो




Ads