ताजा अपडेटः

प्याब्सनकाे सम्पन्न दाेस्राे जिल्ला स्तरीय लाेक नृत्य प्रतियोगितामा प्रथम,द्वितीय,तृतीयमा क्रमश: सुनवल यूनाइटेड,न्यू लाईफ र द पाएनियर

कल्पना खरेल
प्याब्सनकाे सम्पन्न दाेस्राे जिल्ला स्तरीय लाेक नृत्य प्रतियोगितामा प्रथम,द्वितीय,तृतीयमा क्रमश: सुनवल यूनाइटेड,न्यू लाईफ र द पाएनियर प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार २१:५५


कल्पना खरेल,नवलपरासी । जिल्ला प्याब्सन पश्चिम नवलपरासीकाे आज बिहीबार सम्पन्न दाेस्राे जिल्ला स्तरीय लाेक नृत्य प्रतियोगितामा सुनवल यूनाइटेड बाेर्डिङ स्कुल प्रथम भएकाे छ ।  जिल्ला भित्रका प्याब्सनमा आबद्व विद्यालय बिच भएकाे कडा प्रतिस्पर्धामा यूनाइटेड बाेर्डिङ स्कुल प्रथम भएकाे हाे ।त्यसैगरी न्यू लाईफ सेकेण्डरी स्कुल बर्दघाट द्वितीय,द पाइनियर सेकेण्डरी बाेर्डिङ स्कुल सुनवल तृतीय र हाेलि एन्जल्स आ.मा.बिधालय बर्दघाट  सान्त्वना भएका थिए ।

लाेक नृत्य प्रतियोगितामा  विशुद्ध माैलिकता झल्कने पाेशाक,प्राचीन समयमा प्रयाेग हुने हतियामा तरबार,भाला,धनुष लगायत नेपाली समाजमा प्रयाेग हुने बस्तु र बाजाले प्राचीन समयदेखि आधुनिक समयसम्मकाे इतिहास दर्साएकाे थियाे ।


समाजमा संस्थापक विद्यालय विशुद्ध नाफामुखी संस्था हाे भन्ने परिपेक्षमा याे लाेक नृत्य प्रतियोगिताले संस्थापक विद्यालय पनि समाज र राष्ट्रप्रति उत्तरदायित्व बहन गरिरहेकाे छ भन्ने एक अलग पहिचान बनाउन काेशेढुंगा साबित भएकाे छ ।


जिल्ला प्याब्सन पश्चिम नवलपरासीका अध्यक्ष गुरूदत्त पाेेैडेलकाे अध्यक्षता तथा जिल्ला शिक्षा प्रमुख पूर्णबहादुर वि.क.काे प्रमुख आतिथ्यतामा भएकाे उक्त प्रतियोगितातामा प्याब्सनमा आवद्व  ६४ विद्यालय मध्ये २३ विद्यालयकाे सहभागीता रहेकाे थियाे ।




Ads