ताजा अपडेटः

सरावल गाउँपालिकाले भुकम्प प्रभावितलाई रु २ लाख रकम सहयाेग गर्ने

कल्पना खरेल
सरावल गाउँपालिकाले भुकम्प प्रभावितलाई रु २ लाख रकम सहयाेग गर्ने प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार १०:२६


नवलपरासी । कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितका लागि सरावल गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ।सोमबार बसेको कार्यपालिका बैठकले रु २ लाख सहयोग गरिने निर्णय भएकाे पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी दिनुभयो ।
बैठकमा पालिकाको बिपद व्यवस्थापन कोषबाट सहयोग गर्ने छलफल भएको थियाे । सरावल गाउँपालिकाले  पीडितकाे उद्धार, राहत र पुनर्स्थापनाका लागि सबैलाई सहयोगका लागि आह्वान  समेत गरेकाे छ ।




Ads