ताजा अपडेटः

सुनवल-७ मा निस्सा वितरण शुरू / करिब ११ सय ३२  भूमिहीनलाई पुर्ज़ा दिने तयारी

कल्पना खरेल
सुनवल-७ मा निस्सा वितरण शुरू / करिब ११ सय ३२  भूमिहीनलाई पुर्ज़ा दिने तयारी प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार २३:०४

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीकाे सुनवल -७ का स्थानीयबासीलाई साेमवार मिनीपुर्जा ( निस्सा ) वितरण शुरू गरिएकाे छ । ५० वर्षदेखी भाेगचलन गर्दै आएका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित रूपमा बसाेबास गरि भोगचलन गर्दै आएका  सुनवल ७ का स्थानीय जनतालाई  मिनीपुर्ज़ा (निस्सा ) आज वितरण शुरू गरिएकाे हाे ।
निस्सा वितरण कार्यक्रममा आयोगका राष्ट्रिय उपाध्यक्ष नइन्द्र खड़्का, भूमि  आयोग जिल्ला समितिका अध्यक्ष श्री देवराज भन्डारी,नगरप्रमुख विमला अर्याल,उपप्रमुख सूर्य प्रसाद दुवे, प्रमुख प्रशासकीय अधिकृत  चेतनाथ गिरी, वडा नम्बर ७ का  वड़ा अध्यक्ष नारायण आचार्य लगायतको विशेष उपस्थिति रहेकाे थियाे ।
भूमिहीन दलित १८, भूमिहीन सुकुम्बासी ५६ र अन्यत्र समेत घरजग्गा हुने अब्यवस्थित हक़वाला १०५८ गरि  कुल ११३२ बसोबासीलाई पुर्ज़ा दिईने योजना रहेकाे राष्ट्रिय भुमि आयोग जिल्ला समिति पश्चिम नवलपरासीले जनाएकाे ।
यतिबेला वितरण गिएकाे निस्साले लाभान्वित  स्थानीयवासी ख़ुशी र उत्साही भएका छन् ।




Ads