ताजा अपडेटः

१२००० लालपुर्जा दिने मनशोभाले सुनवल नगर प्रमुखमा नेकपा माले बाट  दिइन उम्मेद्बारी

कल्पना खरेल
१२००० लालपुर्जा दिने मनशोभाले सुनवल नगर प्रमुखमा नेकपा माले बाट  दिइन उम्मेद्बारी प्रकाशित मिति: १२ बैशाख २०७९, सोमबार २१:५६

सुनवल ।आसन्न स्थानिय तह निर्वाचनको लागि सुनवल नगरपालिकाका नगर प्रमुखमा नेकपा माले बाट मनशोभा पान्डेयले उम्मेद्बारी मनोनयन दर्ता गरेकि छन ।

नवलपरासी जिल्ला भित्र १२००० लालपुर्जा वितरण गरेकी मनशोभा ले सुनवल नगरमा नेकपा माले बाट उम्मेद्बारी दिएकी हुन ।
“सुनवल नगरपालिका बनाउने जिम्मा पटक पटक अरुलाई दियौ अब एक पटक नेकपा माले लाई दिनुस तपाईंहरुले दिएको भोट खेर फाल्न दिदैनौ नत्र फेरि ५ बर्ष पछुतो मानेर बस्नु पर्ने छ” पान्डेयले भनिन ।

नेकपा मालेले सुनवल नगरपालिका भित्र मेयरमा मात्र नभई केहि वडामा पनि उम्मेद्बारी दिएको छ ।
नेकपा मालेले वडा नम्बर ४ बाट वडा अध्यक्षमा मधु गोतामे, वडा सदस्यमा भरत पान्डेय र वडा नम्बर १ बाट वडा सदस्यमा हेमराज गैरे लाई पार्टिले उम्मेद्बारी दिएको हो ।




Ads