ताजा अपडेटः

दशैं लगत्तै भारतीले फेरि सुरु गरिन् अनसन

कल्पना खरेल
दशैं लगत्तै भारतीले फेरि सुरु गरिन् अनसन प्रकाशित मिति: १२ कार्तिक २०८०, आईतवार १२:४५

काठमाडौं । भारती शेर्पाले दशैं सकिएसँगै पुनः रिले अनसन सुरु गरेकी छन् । श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका योगराज ढकाल (रिगल)लाई आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी शेर्पाले माइतीघरमा पुनः रिले अनसन सुरु गरेकी हुन् ।
श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्ऽ पौडेलले आममाफी दिएपछि भारतीले विरोध गर्दै आएकी छन् ।
२०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।स्रोतःअनलाइनखबर




Ads