ताजा अपडेटः

रूपन्देहीमा पतञ्जलीले एक अर्ब लगानीमा आयुर्वेदिक औषधि उद्योग खोल्ने तयारीमा

कल्पना खरेल
रूपन्देहीमा पतञ्जलीले एक अर्ब लगानीमा आयुर्वेदिक औषधि उद्योग खोल्ने तयारीमा प्रकाशित मिति: ९ कार्तिक २०८०, बिहीबार १५:१६

बुटवल।भारतको हरिद्वारस्थित पतञ्जली योगपिठले रूपन्देहीमा योग प्रशिक्षण केन्द्र र वेलनेस सेन्टर स्थापना गर्ने भएको छ । पतञ्जलीले रूपन्देहीको धकधईमा एक अर्ब रूपैयाँको लगानीमा आयुर्वेदिक औषधि उद्योग पनि सञ्चालन गर्ने जनाएको छ ।
योगपिठका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपालमा जडिबुटीको भण्डार रहेको र तिनै जडिबुटीको सदुपयोग गर्दै आयुर्वेदिक औषधि उद्योग सञ्चालन गर्ने जनाएका हुन् । उनले नेपालका हरेक वनजंगल, पहाड, खोला खोल्सीमा जडिबुटीहरूको भण्डार भएतापनि ती जडिबुटीको उचित प्रयोग हुन बताएका छन् । जडिबुटी बिक्रीका लागि कुनै पनि बजारको खोजी गर्न नपर्ने समेत उनले बताए । स्रोतःनारायणी अनलाइन




Ads