ताजा अपडेटः

सर्वाङ्गीण कृषि सहकारी संस्थाकाे २३ औ वार्षिक साधारण सभामा २४ बुदे कार्ययाेजना सार्वजनिक

कल्पना खरेल
सर्वाङ्गीण कृषि सहकारी संस्थाकाे २३ औ वार्षिक साधारण सभामा २४ बुदे कार्ययाेजना सार्वजनिक प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार १९:२०

कल्पना खरेल, नवलपरासी  । सर्वाङ्गीण कृषि सहकारी संस्था लि. सुनवल १ पश्चिम नवलपरासीको २३ औ वार्षिक साधारण सभामा आफ्ना सेयर सदस्यलाई २४ बुदेँ कार्ययोजना सार्वजनिक गरेकाे छ ।
आज सनिवार संस्थाका अध्यक्ष खगराज उपाध्यायको अध्यक्षता तथा सुनवल नगरपालिकाकाे नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारण सभामा कृषि, पशुपालन ,दुग्ध उत्पादन लगायतलाई विशेष कार्यक्रममा राखि २४ बुदे याेजना सार्वजनिक गरेकाे हाे ।


साेहि क्रममा बाेल्दै  नगर प्रमुख अर्यालले यस सहकारीले कृषिका क्षेत्रमा काम गर्दै आएकाे स्मरण गर्दै कृषिमा आत्मनिर्भर हुने याेजना सहित अगाडि बढ्न आग्रह गर्नुभयाे ।  उहाले सुनवल २ मा निर्मित ३ हजार मेक्ट्रिक्टन क्षमताको शितभण्डारमा भण्डारण गर्ने कृषि सामाग्रीकाे कमि भएकाे भन्दै कृषि सहकारीहरुले याे विषयमा गम्भीर हुने बेला आएकाे टिप्पणी गर्नुभयाे ।
पछिल्लो समयमा यूवा र विद्यार्थी देशमा रित्तिदै जानू राष्ट्रकै लागि दुर्भाग्य भएकाेले कृषिमै स्वराेजगार सिर्जना गर्न कृषि सहकारीहरू लाग्नुपर्ने भन्दै नगरप्रमुख अर्यालले स्थानीय सरकार  सदैव हातेमालो गर्दै अगाडि बढ्न तयार रहेकाे प्रतिबद्धता व्यक्त गर्नुभयाे ।  साथै उहाँले यश कृषि सहकारी संस्थाका लागि  नगरपालिकाले उन्नत विउ र ६०-४० को लगानीमा उपकरण प्रदान गर्दै आईरहेको समेत जानकारी दिनुभयाे  ।


सभामा अध्यक्ष उपाध्यायले वार्षिक प्रगति तथा कार्ययोजना प्रतिवेदन प्रस्तुत,  कोषाध्यक्ष हरि प्रसाद चापागाईले काेषाध्यक्षकाे र  लेखा संयोजक सुवणर्राज उपाध्यायले  विभिन्न सुझाव सहित लेखा सुपरीवेक्षण समितिको तर्फबाट  लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यस्तै सहकारीकाे २ करोड ८९ लाख ६५ हजार ९ सय रुपैया कुल शेयर पुँजी र २३ करोड ३६ लाख  १८ हजार २७३ रुपैया निक्षेप  रहेको सहकारीले आर्थिक वर्ष २०७९/०८० मा ४८ लाख ५९ हजार ६ सय २२ रुपैया खुद मुनाफा आर्जन गरेको छ । भने संस्थामा हाल २ हजार ३ सय ८२ सदस्य रहेका व्यवस्थापक सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।


सोहि अवसरमा ८४ वर्ष उमेर पुगेका जेष्ठ सदस्य, ७५ वर्ष उमेर पुगेका शेयर सदस्य,उत्कृष्ट कर्मचारी , असल कृषक, असल पशुपालक, शिक्षामा उत्कृष्ठ नतिजा ल्याउने शेयर सदस्यका छोराछोरीहरुलाई सम्मान गरीएको थियो ।
संस्थाका उपाध्यक्ष रुद्रनाथ लामिछानेको स्वागत र  सचिव कृष्ण प्रसाद अर्यालकाे संचालन रहेकाे कार्यक्रममा  सुनवल १ का वडा अध्यक्ष मनबहादुर थापा, ६ का वडाध्यक्ष हिमलाल शर्मा चापागाई, युवा तथा साना व्यवसाय स्वरोजगार कोष नवलपरासी समन्वय समितिका सदस्य सचिव प्रितम भुजेल, जनकल्याण बहुउदेस्यीय सहकारी संस्था लि.का अध्यक्ष दयाराम भण्डारी, सल्लाहकार समिति सदस्य उमानाथ पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।




Ads