नवलपरासी । सुनवल नगरपालिका वडा नम्बर १ प्रगति टोलमा अवस्थित सामुदायिक भवनमा आज K I D S संस्था द्वारा ( एचआईभी ) एड्स रोग सम्बन्धी स्वास्थ्य परिक्षण गरिएको छ । गिरी प्रसाद लोहनी र मुकेश प्रसाद चौधरीले सहजीकरण गर्नुभएको उक्त (एचआईभी ) परिक्षणमा महिला पुरुष गरी ५७ जनाले (एचआईभी) रोग सम्बन्धी र १५ जनाले (टि भी ) रोग सम्बन्धी खकार परिक्षण गराएका थिए ।
उक्त स्वास्थ्य परिक्षण कार्यक्रममा सुनवल वडा नम्बर १ का वडा अध्यक्ष मनबहादुर थापा मगर, कार्यपालिका सदस्य सीता भण्डारी, वडा सदस्य कृष्ण बहादुर केसी, प्रसुराम कवर, बाल कुमारी दर्जी, नगर प्रस्तुती केन्द्र सुनवलका इन्चार्ज यमकला न्याैपाने, सुनवल शहरी स्वास्थ्य केन्द्रका इन्चार्ज गोमा कवर स्वास्थ्य स्वयंसेवक मेनुका तिमिल्सिना लगाएताको उपस्थिति रहेको थियो ।