ताजा अपडेटः

२५४ नेपाली इजरायलबाट स्वदेश आइपुगे /बाँकीलाई पनि नियमित उडान मार्फत् ल्याइने 

कल्पना खरेल
२५४ नेपाली इजरायलबाट स्वदेश आइपुगे /बाँकीलाई पनि नियमित उडान मार्फत् ल्याइने  प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार ०६:२९

काठमाण्डाै । इजरायलमा रहेका २ सय ५४ जना नेपाली आज शुक्रवार बिहान स्वदेश आइपुगेका छन् । सरकारले उनीहरुलाई नेपाल एअरलाइन्सको विमानबाट स्वदेश ल्याएको हो । उनीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी इजरायल पुगेका थिए । उद्धारका लागि बिहीवार बिहान दुबई हुँदै गएको नेपाल एअरलाइन्सको विमान इजरायलको तेलअभिभ गएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले आवश्यकता अनुसार अरूलाई पनि देशमा फिर्ता ल्याउन सरकारले पहल गर्ने बताउनुभयो । बाँकी रहेका अरुलाई नियमित उडान मार्फत् ल्याउने सरकारको तयारी छ।




Ads