ताजा अपडेटः

१ लाख  ३९  हजार नक्कली नोट सहित मानिस पक्राउ:-प्रहरी नायव उपरीक्षक रेशम वाेहरा

कल्पना खरेल
१ लाख  ३९  हजार नक्कली नोट सहित मानिस पक्राउ:-प्रहरी नायव उपरीक्षक रेशम वाेहरा प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार १७:४९

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीकाे बर्दघाटमा रहेकाे एक रेस्टुरेन्टकाे काेठामा खानतलासी गर्दा आज नक्कली नोट सहित काराेबार गर्ने २ जना मानिस पक्राउ परेका छन् ।
दिउँसो १ बजे  बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट प्रहरी निरीक्षक सुदर्शन पन्थीको कमाण्डमा खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. ४ स्थित बिनय होटल एण्ड रेष्टुरेन्टको कोठा नं. ३ मा खानतलासी गर्दा नक्कली नाेट सहित मानिस पक्राउ गरेकाे हाे ।
बरामद भएकाे नक्कली नाेटमा  रु.१ हजार दरको ज८ २४७०५७ को ६७ थान  र छ ०६४७९४ को ७२ थान गरी जम्मा १३९ थान अर्थात १ लाख  ३९  हजार रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।
त्यसैगरी पक्राउ पर्नेमा  जिल्ला तनहूँ ऋषिङ्ग गाउँपालिका वडा नं. ३ दानश्री बस्ने नर बहादुर बि.क. का छोरा बर्ष २५ का सुरज बि.क. र बुलिङ्गटार गाउँपालिका वडा नं. ६ ठिमुरे बस्ने छबिलाल विश्वकर्माको छोरा वर्ष ३० का कृष्ण बहादुर विश्वकर्मा रहेकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी रेशम वाेहराले जानकारी दिनुभएकाे छ ।
चेकजाँचका क्रममा नक्कली नोट सगै नोट बनाउन प्रयोग गरिने सामान समेत फेला परेकोले तत्काल मानिसहरुलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान कार्य भैरहेको समेत डिएसपी वाेहराकाे भनाई छ ।




Ads