ताजा अपडेटः

३ करोड १५ लाख रुपैयाँको स्रोत नखुलेपछि दाङका इन्जिनिरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कल्पना खरेल
३ करोड १५ लाख रुपैयाँको स्रोत नखुलेपछि दाङका इन्जिनिरविरुद्ध भ्रष्टाचार मुद्दा दायर प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार १५:३३

काठमाण्डौ – जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ ।
इन्जिनियर भाटले ३४ वर्ष सरकारी सेवामा रहँदा कमाएको तीन करोड १५ लाख ८१ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति देखिएको अख्तियारको दाबी छ । अख्तियारले विशेष अदालतमा दर्ता गरेको मुद्दामा उनले महानिर्देशकको रूपमा सरकारी पदमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको उल्लेख छ ।
भाट २०४६ असार ३० देखि २०७९ कात्तिक ६ गतेसम्म सार्वजनिक सेवामा रहेका थिए । सार्वजनिक सेवामा रहँदा उनले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा तीन करोड १५ लाख ८१ हजार रुपैयाँ स्रोत पुष्टि हुन नसकेको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।स्रोतःउज्यालो




Ads