सुरेश यादव,
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ७ मा विद्युतको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रामग्राम ७ उजैनी निवासी जय प्रकाश यादवले बाटोमा रहेको पोलको बत्ती निभाउन जाँदा करेन्ट लागेर मृत्यु भएको हाे । स्थानियका अनुसार उक्त विद्युत खम्बामा स्मार्ट लिङ्क वाईफाईको तार हाई टेन्सनको तारमा टासिन गएर उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकाररी रेशम वाेहराले जानकारी दिनुभयाे ।
पोलमा लत्रिएको अवस्थामा रहेकाे स्मार्ट लिङ्क वाईफाईकाे हाई टेन्सन उक्त तारमा छाेईएकाले पाेलकाे बत्ती निभाउने क्रममा छुईन पुग्दा यादवको मृत्यु भएको प्रत्यक्ष दर्शीले जनाएका छन् । नगरभित्र यसरी लुट्रिएको अवस्थाका तारहरु धेरै रहेकोले सम्भाबित दुर्घटना प्रति सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ ।विद्युत खम्बामा लुत्रीएको तारमा दोषी नेपाल बिधुत प्राधिकरण वा कस्को लापरबाहीले यसरी हुन गएको हो भन्ने बारे अनुसन्धान गरी तत्काल कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाउन स्थानियले माग समेत रहेका छन । मृत्यु भएका यादव सिदार्थ बैंक परासी शाखामा गार्डको काम गर्दै आएका थिए । घटना आज बिहान करिब ६ बजेर ३० मिनेटमा भएको प्रहरीले जनाएको छ ।