ताजा अपडेटः

राप्रपाले ४ महानगरमा उम्मेदवारको टुंगो लगायो

कल्पना खरेल
राप्रपाले ४ महानगरमा उम्मेदवारको टुंगो लगायो प्रकाशित मिति: १० बैशाख २०७९, शनिबार १८:३१

राष्ट्रिय प्रजातन्त्र पार्टिले आसन्न स्थानिय तह निर्वाचनको लागि ४ महानगरको उम्मेदवार टुंगो लगाएको छ ।  पार्टीले काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगंजमा पत्रकार गिरिश गिरी, पोखरामा शंकर खराललाई मेयर पदको उमेदवार बनाएको छ । बाँकी २ महानगरको आज अबेरसम्म टुंगो लगाइने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै राप्रपाले उप मेयरको पनि टुंगो लगाएको छ

काठमाडौंको​ उपमेयरमा विनिता मगैया, ललितपुर उपमेयरमा स्वर्णिमा शाक्य, वीरगञ्जमा बिना जयसवाल, पोखरामा रञ्जना सेनको नाम टुंगो लागेको छ ।




Ads