ताजा अपडेटः

धनगढीमा एक शिक्षिकाकाे मृत लास फेला

कल्पना खरेल
धनगढीमा एक शिक्षिकाकाे मृत लास फेला प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार २०:४९

प्रदिप न्याैपाने,धनगढी ।  कैलालीको धनगढीमा प्रहरी स्कुलकी एक शिक्षिका मृत फेला परेकी छिन्। विहिबार धनगढी उपमहानगरपालिका–३ चटकपुरमा २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत अवस्थामा फेला परेकी हुन्।
दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएकी ती शिक्षिका धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी थिइन।
घटनामा संलग्नताको आंशकामा २५ वर्षीय जगदिश कोट्टारीलाई  पीडित पक्षले दिएको किटानीका आधारमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार उनीहरू लामाे समयदेखि प्रेम सम्बन्धमा रहेकाे र त्यहि प्रेम सम्बन्धका कारण  काेट्टारीले अन्त विवाह गरेपश्चात् उनी झुन्डिएर मरेकाे प्रारम्भिक अनुसन्धानले जनाएकाे छ ।
। घटनाकाे विषयमा थप अनुसन्धान भैरहेकाे समेत प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिएका छन् ।




Ads