ताजा अपडेटः

रक्तदान कार्यक्रम सम्पन्न”

रक्तदान कार्यक्रम सम्पन्न” प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार १३:५८

कल्पना खरेल,नवलपरासी ।  नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसर पारी जिल्ला प्रहरी कार्यालय नवलपरासीले आज बिहान रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
“रक्तदान नै जिवनदान” हाे  भन्ने नारालाई  आत्मसाथ गर्दै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा, नवलपरासीसगँ  समन्वय  गरि गरिएको रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत  प्र.ना.उ. १, प्र.नि. १, प्र.ना.नि. ३, प्र.स.नि. ३, प्र.व.ह. १, प्र.ह. ३, प्र.स.ह. ६, प्र.ज. ११ गरी जम्मा २९ जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) का  कार्यालय प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्य , नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासी (ब.सु.प.) का पदाधिकारी, पृथ्वी चन्द्र अस्पताल परासीका स्वास्थ्यकर्मी लगाएत स्थानीय संचारकर्मीकाे उपस्थिती रहेकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ   ।



Ads