ताजा अपडेटः

रमवापुर माविकाे शैक्षिक सुधार तथा योजना निर्माण सम्बन्धी  अन्तरक्रिया कार्यक्रम  सम्पन्न

कल्पना खरेल
रमवापुर माविकाे शैक्षिक सुधार तथा योजना निर्माण सम्बन्धी  अन्तरक्रिया कार्यक्रम  सम्पन्न प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार २३:४३

कल्पना खरेल, नवलपरासी । रमवापुर माध्यमिक विद्यालयकाे शैक्षिक सुधार तथा योजना निर्माण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सनिवार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाको अध्यक्षता तथा नगर प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा सरोकारवालासँग छलफल तथा अन्तरर्क्रिया  गरिएकाे  हाे  ।
कार्यक्रममा बाेल्दै नगरप्रमुख अर्यालले विद्यालयले पाएकाे उपलब्धि र शैक्षिक उपलब्धिप्रति सम्मान व्यक्त गर्दै स्थानिय सरकार नगरभित्रका सामुदायिक विद्यालयकाे भाैतिक तथा शैक्षिक गुणस्तरियतामा कटिबद्ध रहेकाे धारणा राख्नुभयाे ।


त्यस्तै वडा नम्बर ४ का वडा अध्यक्ष वालकृष्ण पंगेनीले यस रमवापुर माविलाई नगरले सधैव प्राथमिकतामा राखेर काम गरेकाे स्मरण गराउदै ,विद्यालयकाे शैक्षिक गुणस्तरमा वडा कार्यालयकाे साथ सदैव रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
उक्त कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक फानप्रसाद श्रेष्ठले विद्यालयको कार्यप्रगति पेश गर्नुभयाे । भने विद्यालयकाे भाैतिक र शैक्षिक सुधारका विषयमा  महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण लामिछाने, नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाका सभापति गोपाल शर्मा, मुलपानी सामुदायिक वनका अध्यक्ष यज्ञप्रसाद पाण्डे, महाकवि देवकोटा क्याम्पसका पुर्व क्याम्पस प्रमुख अनिल वस्नेत ,समाजसेवि सञ्जय श्रेष्ठ, समाजसेवी प्रेम रिमाल, विद्यालय व्यवस्थापन समिति सदस्य तारा वराल लगाएतले आ-आफ्नाे सुझाब तथा धारणा राख्नुभएको थियो ।


सोहि अवसरमा  सुनवल नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु गोतामेले उठेका प्रश्न र जिज्ञासालाई सम्बाेधन गर्दै समग्र    सुनवलको शैक्षिक अवस्थाका वारेमा प्रष्ट पार्नुभएको थियो । विद्यालयका सहायक प्रध्यानाध्यापक रेमबहादुर खत्रीकाे संचालन र शंकरमणी पाण्डको स्वागत  रहेको कार्यक्रममा विभिन्न क्षेत्रका शैक्षिक व्यक्तित्व,समाजसेवी , पत्रकार लगायतको उपस्थिति रहेकाे थियाे ।




Ads