ताजा अपडेटः

सुनवल माध्यमिक विद्यालयद्वारा  see  मा उत्तीर्ण १७ विद्यार्थीलाई सम्मान  

कल्पना खरेल
सुनवल माध्यमिक विद्यालयद्वारा  see  मा उत्तीर्ण १७ विद्यार्थीलाई सम्मान   प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार १८:३५

कल्पना खरेल,नवलपरासी । सुनवल माध्यमिक विद्यालय सुनवल-१, पश्चिम नवलपरासीले see  मा उत्तीर्ण १७ विद्यार्थीलाई  शुक्रबार सम्मान गरेकाे छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेन्द्र कवर याेगीकाे अध्यक्षता तथा वडा नम्बर १ का वडा अध्यक्ष मनबहादुर थापाकाे प्रमुख आतिथ्यतामा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेकाे हाे ।
कार्यक्रममा उत्तीर्ण विद्यार्थीलाई खादा र डायरी प्रदान गरिएको थियाे । साेहि कार्यक्रममा मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्थाले साेहि विद्यालयका  गरिब, बिपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेकाे थियाे ।
मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पदम बहादुर क्षेत्री र उपाध्यक्ष बलबहादुर थापाकाे उपस्थितिमा  १२ हजार मुल्य बराबरकाे जुत्ता, माेजा ,पेन्सिन,कापि लगाएको शैक्षिक सामाग्री हस्तान्तरण गरिएकाे हाे ।
२०५२ सालमा स्थापना भई २०७८ सालदेखि  see परिक्षामा सुरु गरेकाे  यस विद्यालकाे याे दाेस्राे see हाे, जहाँ १७ जना विद्यार्थीले see पास गर्न सफल भएका छन् ।




Ads