ताजा अपडेटः

सुन काण्डमा संगठित अपराध जोडिए अनुसन्धान गर्न प्रहरी तयार

कल्पना खरेल
सुन काण्डमा संगठित अपराध जोडिए अनुसन्धान गर्न प्रहरी तयार प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार २१:५३

काठमाडौं । राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको झन्डै १ क्विन्टल सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी पनि संगठित अपराध जोडिए अनुसन्धान तयार रहेको जनाएको छ ।
विभागले पक्राउ परेकाहरूको बयानका आधारमा अनुसन्धान गरिरहेको छ । त्यसमा संगठित अपराध जोडिएको देखिए आफूहरू पनि अनुसन्धानका लागि तयार रहेको सीआईबीले बताएको हो ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै आएको विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुनमा पनि चिनियाँ नागरिकको संलग्नता देखिएको र अहिले ल्याइएको एक क्विन्टल सुनमा पनि चिनियाँकै नाम आएकाले दुवैको नेक्सस जोडेर अनुसन्धान गर्न सकिने सीआईबीका अधिकृतको बुझाइ छ ।

राजस्व अनुसन्धान विभागले गरिरहेको छानबिनका क्रममा संगठित अपराध जोडिएर आफूहरूलाई जिम्मेवारी दिए अनुसन्धान गर्न सकिने सीआईबीको भनाइ छ । राजस्वले सुन प्रकरणमा १६ जनालाई पक्राउ गरे पनि सुन कसको थियो भन्ने पत्ता लगाउन सकेको छैन ।




Ads