कल्पना खरेल,नवलपरासी । आज एक कार्यक्रमका विच श्रीकृष्ण धाम विकास समिति सुनवल ४ पश्चिम नवलपरासीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । श्रीकृष्ण धाम विकास समितिका अध्यक्ष याम प्रसाद ढकालको अध्यक्षता तथा लुम्विनी प्रदेश सभा सदस्य खड्ग वस्नेतको प्रमुख आतिथ्यतामा चाैथाे साधारणसभा तथा दाेस्राे अधिवेशन सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य वस्नेतले श्रीकृष्ण धाम यस क्षेत्रकै गहना भएकाले संरक्षण र सम्बर्द्धन आवश्यक रहेकाे उल्लेख गर्दै प्रदेशबाट हुने सहयाेगमा कत्तिपनि विचलित नहुने उल्लेख गर्नुभयाे ।
साथै बस्नेतले यस क्षेत्रकाे सामाजिक, सांस्कृतिक ,आर्थिक र धार्मिक विकास गर्न सबैभन्दा पहिले राजनीति भन्दा माथि उठ्नु जरूरी रहकाेले आफ्नाे साथ र समर्थन सदैव रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।
त्यसैगरी आज भएकाे दोस्रो अधिवेशनले पुनः यामप्रसाद ढकालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा कुन्ता तिवारी, सचिवमा याम नारायण लम्साल, कोषाध्यक्षमा इन्द्र सुवेदी चयन हुनुभएको छ । भने सदस्यहरुमा क्रमश खेमराज न्यौपाने, राम प्रसाद घिमिरे, पार्वती सिग्देल, देबराज ढकाल, कृष्णप्रसाद अधिकारी रहनुभएको छ ।
त्यस्तै लेखा समिति संयोजकमा तिलक ढकाल चयन हुनुभएकाे छ भने सदस्यहरुमा मिना पौडेल र एकनारायण शर्मा चापागाई चयन हुनुभएको छ ।
समितिका कोषाध्यक्ष सरस्वती पाठक ढकालले स्वागत र सहसचिव हिमा शर्मा न्यौपानेकाे संचालन रहेकाे कार्यक्रममा सुनवल नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष वालकृष्ण पंगेनी, महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछाने, सुनवल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, मुलपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष यज्ञप्रसाद पाण्डे, महिला समुहको तर्फबाट मिलिजुली महिला समुहका अध्यक्ष ज्ञानु गौतम लगाएतले बाेल्नुभएकाे थियाे ।
कार्यक्रममा समितिकाे अध्यक्षको प्रतिवेदन अध्यक्ष यामप्रसाद ढकाल र लेखासमितिको प्रतिवेदन लेखा संयोजक तिलकराम ढकालले प्रस्तुत गर्नुभएको थियो ।